विराटनगर आएर महतोले भने, ‘सरकारमा जाने बिषयमा छलफल भएको हो’

<span class='c1'>विराटनगर आएर महतोले भने, ‘सरकारमा</span> <span class='c2'>जाने बिषयमा छलफल भएको हो’</span>

विराटनगर, २७ जेठ ।
राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले माग सम्बोधन नगर्दासम्म सरकारमा जाने बिषयमा नसोचेको बताएका छन् । विराटनगर बिमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै महतोले सरकारमा जाने बिषयमा बिभिन्न चरणमा सरकारसँग छलफल भईरहेको बताएपनि माग सम्बोधन नगर्दासम्म नजाने बताए ।
तर माग सम्बोधन नगर्दासम्म सरकारमा जाने बारेमा कुनै धारणा नबनेको उनले स्पष्ट पारे । सरकारमा जाने बिषयमा छलफल भएपनि मन्त्रालयको बिषयमा प्रबेश नै नगरेको बताए ।
सरकारलाई राजपाले समर्थन गरेकै छ त्यसमा अब हाम्रो मागको बिषयमा सरकारले कसरी सम्बोधन गर्छ त्यो पर्खिएर बसेका छौ, महतोले भने । हामीले सरकारलाई समर्थन गरेपछि सरकारका तर्फबाट पनि काम हुनु पर्यो अनी मात्र सरकारमा जाने वातावरण बन्ने उनको भनाई छ ।
मधेशमा भएको ६ महिनाको कठोर आन्दोलनलाई देखाउने दाँतको रुपमा संज्ञा नदिन समेत उनले आग्रह गरे । अहिले पनि संबिधान संशोधन, कार्यकर्तालाई लगाएको झुठा मुद्दा, आन्दोलनकारीहरुलाई जेलमा हालिएका बिषयहरुलाई सम्बोधन नगरिएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्