एक नम्बर प्रदेशको निती तथा कार्यक्रम: विराटनगर विमानस्थलदेखि मोनोरेलसम्म

<span class='c1'>एक नम्बर प्रदेशको निती तथा</span> <span class='c2'>कार्यक्रम: विराटनगर विमानस्थलदेखि मोनोरेलसम्म</span>

विराटनगर, २७ जेठ ।
एक नम्बर प्रदेश सरकारले गत आर्थिक बर्ष २०७५-०७६ को निती तथा कार्यक्रम सार्बजनिक गरेको छ । एक नम्बर प्रदेशका प्रदेश प्रमुख डा. गोबिन्द बहादुर तुम्बाहाङले प्रस्त्ुत गरेको निती तथा कार्यक्रममा एक नम्बर प्रदेशलाई देशकै नमुना प्रदेशको रुपमा लैजाने उल्लेख गरिएको छ । कृषिलाई प्राथमिकतामा राखेर ल्याईएको निती तथा कार्यक्रमले पर्र्यटन प्रवद्र्धन तथा प्रचार प्रसारलाई पनि उच्च प्राथमिकतामा राखेको छ ।
गरिब घरपरिवार परिचयपत्र धारकहरुलाई शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा तथा भौतिक पूर्वाधारहरु निर्माणको सम्बन्धमा रोजगारीको लागि प्राथमिकता दिने प्रभावकारी नीति बनाईने उल्लेख गरिएको छ । प्रदेशमा सरकारी संरचना, निजी, सहकारी र घरेलु स्तरमा समेत उपलब्ध हुने रोजगारीका अवसरको सम्बन्धमा अध्ययन गरी तादाम्यता गर्ने नीति लिईएको छ । रोजगारी सिर्जना हुने अवसरलाई समेत ध्यानमा राखी प्राविधिक एवं जीवनोपयोगी शिक्षा तथा सीप विकासमा जोड दिने बताईएको छ । नीतिको प्रभावकारी कार्यान्वयनबाट एक नम्बर प्रदेशमा गरिबीमुक्त प्रदेशको रुपमा विकास गरिनेछ जनाईएको छ ।
भू–उपयोग नीति, कृषिलाई पहिलो प्राथमिकता दिन कृषि उपजको लागत मूल्य घटाउदैं उत्पादन र उत्पादकत्व बृद्धि गरेमा सवारी साधन, पूँजीगत अनुदान, प्रविधि सुधार, कृषिको यान्त्रीकीकरण, मल, विउ आदिमा अनुदान दिने नीति अवलम्बन गरिएको छ ।जमीनको चक्लाबन्दी वा करार खेतीको माध्यमबाट खेती प्रणाली गर्न प्रोत्साहन गर्दै एक समूह वा एक सहकारी एक उत्पादन को नीति लिई स्थानीयस्तरमा उपलब्ध हुने उत्पादनशील अवसरलाई उपयोग गरी उत्पादन गरौं प्रदेश समृद्ध बनाऔं भन्ने नीति सरकारको निति कार्यक्रममा उल्लेख गरिएको छ । प्रदेशलाई खाद्यान्न, फलफूल, तरकारी, दूूध, अण्डा र मासु आदिमा आत्मनिर्भर हुुने नीति लिएको छ । प्रदेशमा उत्पादित मालसामान तथा वस्तुहरुको निर्यातमा देखापरेका कानूनी, नीतिगत, प्रकृयागत, संरचनागत जस्ता समस्या अध्ययन गरी निराकरण गर्न आन्तरिक तथा बाह्य निर्यात प्रवद्र्धनमा जोड दिने भएको छ ।
एक नम्बर प्रदेशको शान, सवैको अनुहारमा मुस्कान भन्ने नाराकासाथ यस प्रदेशको विकास र समृद्धिमा पर्यटन क्षेत्रको विकास र प्रर्वद्धनलाई उच्च प्राथमिकतामा राखेको छ । पर्यटकीय महत्वका स्थान र आसपासका युवाहरुलाई पर्यटन उद्यममा प्रेरित गर्न र स्वरोजगार बनाउन, अतिथि सत्कार, साना आवास (होम स्टे), भोजन तथा जलपान गृह सञ्चालनसम्बन्धी तालीम र सहुलियत ऋण पूंजीको व्यवस्था गरिने गरी निति तथा कार्यक्रममा ल्याईएको छ।
विराटनगर विमानस्थललाई अन्तराष्ट्रिय उडानसमेत गर्ने गरी प्रदेशको मुख्य विमानस्थलकोरुपमा विकास तथा स्तरोन्नति गर्ने, विशेषगरी सार्क क्षेत्रका देशका पर्यटकहरुलाई आकर्षण गर्ने गरी सिधा हवाई सेवा संचालन गर्नका लागि संघीय सरकारसंग आवश्यक समन्वय गर्ने, विराटनगर एयरपोर्टवाट प्रदेशभित्रका सवै हवाई मैदानहरुमा उडान सेवा शुरु गराईने समेत उल्लेख गरिएको छ । आन्तरिक र बाह्य पर्यटनको लागि धरान, उदयपुर, धनकुटा लगायतका क्षेत्रमा विमानस्थल निर्माण गर्ने र झापाको भद्रपुर विमानस्थलको स्तरोन्नतिको कार्य अगाडि वढाइनेछ । प्रदेशमा रहेका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रहरुलाई जोड्ने यातायात तथा पदमार्गहरुलाई व्यवस्थित गरिनेछ ।
केबुलकार देखि जल मार्गसम्म
प्रदेश सरकारले एक नम्बर प्रदेशमा पर्यटन प्रवद्र्धन गर्नको लागि केवलकार संचालनको अबधारणा ल्याएको छ । त्यस्तै बिराटनगर– धरानको लागि मोनेरेल संचालन गर्ने योजना सहितको निती तथा कार्यक्रममा उल्लेख गरिउको छ । ताप्लेजुङको फुङ्गलिङ्ग–पाथिभरा, धरान–भेडेटार, जयरामघाट–हलेसी, वराहक्षेत्र–सूूर्यकुण्ड, फाप्लु–लुक्ला,–नाम्चे–सगरमाथा वेसक्याम्प, वाह्रविसे–सभापोखरी, केरावारी–जेफाले, अन्तुडाँडा– मंगलवारे, माइपोखरीलगायतका अन्य संभाव्य स्थानहरुमा केवलकार संचालन गर्ने गरी निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यता चतरा देखि किमाथांका र चतरा सुनकोशी जलमार्ग संचालनको संभाव्यता अध्ययन गरिने उल्लेख गरिएको छ । प्रदेश सरकारले ल्याएको निति तथा कार्यक्रममा सबै क्षेत्रलाई समेटेको छ । आउँदा एक बर्षको लागि भनेर ल्याईएको निति तथा कार्यक्रम ५ बर्षमा पनि नसकिने जस्तो रहेको प्रतिपक्षीले प्रतिक्रिया दिएका छन् । मुख्य प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकारले ल्याएको निति तथका कार्यक्रम फुलाएको बेलुन जस्तो भएको प्रतिक्रिया दिए । यो सबै जनता झुक्याउने खेलो भएको उल्लेख गर्दै यसले जनतालाई बुङ्गा्रहामा पारेको प्रतिक्रिया दिए । संघिय समाजवादी फोरमका संसदीय दलको नेता जयराम यादवले सरकारल ल्याएको कार्यक्रमले झापालाई मात्र समेट्न खोजेको प्रतिक्रिया दिए । उनले सल्लाह अनुसार केही ल्याउन खोजेको जस्तो देखिएपनि धेरै बिषयहरु छुटेको बताएका छन् । मधेश आन्दोलनलाई सम्बोधन नगरिएको समेत उनको भनाई छ।
ब्यवसायी हौसिए
एक नम्बर प्रदेश सरकारले ल्याएको निती तथा कार्यक्रमबाट ब्यवसायी भने हौसिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले एक नम्बर प्रदेशलाई जसरी अब्बल भनिथ्यो त्यही अनुसारको भने जसरी समेटीएको बताए। उद्योगी र उत्पादनलाई जोड दिईएको, कृषि र जलश्रोतलाई पनि समेटिएको, पर्यटन क्षेत्र, धार्मिक पर्यटनलाई जोड दिईएको, जल यातायातसम्मको बिषय पनि उठाईनु सकारात्मक भएको बताए । उनले नीजी क्षेत्रलाई समेटेर केबुलकार संचालनमा जाने बिषय भने महत्वपुर्ण रहेको बताएका छन् ।

यस्तो छ निति तथा कार्यक्रम

https://drive.google.com/file/d/1iUR37O01LJ4XXk5LrJN4DOhYGCuN124o/view?usp=sharing

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्