विराटनगरमा घरको छतबाट खसेर एक युवतीको मृत्यु

विराटनगरमा घरको छतबाट खसेर एक युवतीको मृत्यु

विराटनगर जेठ २८ । विराटनगरमा घरको छतबाट खसेर एक युवतिको मृत्यु भएको छ । विराटनगर–१३ थापा निवासस्थित एक घरको छतबाट लडेर गम्भीर घाइते भएकी भारत जडीया निवासी १६ वर्षीया कमला यादवको उपचारका क्रममा मृत्यु भएको हो।

शुक्रबार साँझ एउटै घरमा डेरा गरी बसेका सिरहा कर्जन्हा–२ का १७ वर्षीय मुकेश पासवानसंग गफ गर्दै गर्दा आमा बिन्दादेवीलाई देखेर भाग्न खोज्दा छतबाट खसेर गम्भीर घाइते भएकी कमलाको उपचारका क्रममा कोशी अंचल अस्पताल विराटनगरमा शनिबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीले मुकेश पासवानलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्