गर्मीले अस्तब्यस्त पुर्ब, सडक मजदुरलाई समस्या–विहानको बर्षाले राहत

<span class='c1'>गर्मीले अस्तब्यस्त पुर्ब, सडक</span> <span class='c2'>मजदुरलाई समस्या–विहानको बर्षाले राहत</span>

विराटनगर, २९ जेठ ।
ईटहरी उपमहानगरपालिका १७का बद्री चौधरी सिटी सफारी चालक हुन् । उनले ४ दिन यता पुर्वमा बढेको गर्मीले गर्दा सहज रुपमा काम गर्न पाएका छैनन् । गर्मीका कारण आज त कमाई पनि नाम मात्रको भएकोछ, ईटहरी ६ को पचरुखीमा यात्रुको पर्खाईमा बसेका चौधरीमा भने । गर्मीले गर्दा मान्छे हिँडडुल गर्नेको संख्यामा कमी आउँदा आम्दानी घटेको उनको भनाई छ । उनका अनुसार ४ दिन देखि बढेको गर्मीले काम गर्न पुरै असहज भएको छ । ‘आजको जस्तो गर्मी अरु केही दिन रहने हो भने जनजीवन थप प्रभाबित हुनेछ, चौधरीले भने । उनीजस्तै गर्मीले गर्दा कामगरेर दैनिक गुजारा गर्नेलाई पुरै समस्या पर्न थालको ईटहरी २ का राजन अधिकारीले बताए । काम नगरीकन बिहान बेलुकाको गुजारा टर्दैन, गर्मीले काम गर्न सकिँदैन उनले भने । गर्मीले निर्माण र खेतीको काम गर्ने मजदुरलाई समस्या देखिएको छ । सडकमा हिँड्डुल गर्ने मानिस छाता ओढेर हिँड्ने गरेका छन् भने जेष्ठ नागरिक र बालबालिका घरमा बस्न नसकेर रुखको छहारीको सहारामा पुग्ने गरेका छन् ।

साता यता बढेको तपक्रममा कारण झापामा बिरामीको संख्या बढेको छ ।अस्पतालमा बिरामी बढेसँगै बिरामीको चाप पनि बढेको छ । बढी मात्रामा छालाको एलर्जी, झाडापखाला, उच्च ज्वरोका बिरमी बढेका छन् । चिकित्सकले घरभित्रै बस्न र ओत लागेर मात्र हिड्न सुझाव दिने गरेका छन् । निजी अस्पतालहरुमा पनि झाडा पखालाका बिरामी पनि अत्याधिक पुगेका छन् ।
केही दिन यताको चर्को घामको कारण झापा, मोरङ र सुनसरीको जन–जीवन निक्कै कष्टकर बनेको छ । मेची अञ्चल अस्पतालका मेडिकल सुपटिेण्डेन्ट पिताम्बर ठाकुरले झाडापखाला, वान्ता, बोहोस हुने बिरामीको संख्या अत्याधिक रहेको बताए । उनले विरामीलाई पानी सुवाएर सामान्य उपचारपछि सम्झाएर पठाउने गरेको बताए । विरामीको संख्या अत्याधिक छ, गमीका कारण आउने विरामीलाई घाममा नहिड्न सुझाव दिन्छौ, मेसु ठाकुरले भने । झापामा यो बर्ष ३९ डिग्री सेल्सियससम्म तापक्रम मापन गरिएको छ । बजारमा पनि चहल पहल कम छ, सडक सुनसान देखिएका छने, बिद्यालयमा समेत बिद्यालर्थी कम आउन थालेका छन् ।
बिहानै हल्का बर्षा 
केहीदिन देखिको अत्याधिक गर्मीका बिच आज बिहानै बिराटनगरमा भने सामान्य बर्षा भएको छ । गर्मीलाई राहत दिने गरी भएको बर्षाक कारण सितलको महसुश भएको छ । पुर्बी तराईमा भने आज बिहानै देखि हल्का पानी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्