विराटनगर आसपासका सिमावर्ती क्षेत्रमा ईन्धनको चोरी निकासी रोकिएन

<span class='c1'>विराटनगर आसपासका सिमावर्ती क्षेत्रमा</span> <span class='c2'>ईन्धनको चोरी निकासी रोकिएन</span>

विराटनगर, २९ जेठ ।
डिजेल र पट्रोलको चोरी निकासी अझै नियन्त्रण हुन सकेको छैन। नेपाल आयल निगमले गरेको पछिल्लो मुल्यबृद्धी पछि पनि नेपालमा भन्दा भारतमा डिजेल प्रतिलिटर २२ रुपैयाँ र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ प्रति लिटर महँगो भएका कारण चोरी निकासीले निरन्तरता पाएको हो । पुर्वी मोरङको सिक्टी र चोप्राहा नाकाबाट चोरी निकाशी हुँदै गरेको ३ सय ४५ लिटर डिजेल सहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेपछि यो बिषय थप बाहिर आएको हो । ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक कबिन्द्र कार्कीका अनुसार चोरी निकासीमा संलग्न भारतीय नागरिक मुकेशकुमार मण्डल सहित डिजेल २ थान मोटरसाईकल र एकथान साईकल नियन्त्रणमा लिईएको हो । पुर्बमा दैनिक ७ सय किलो लिटर डिजेल, २ सय किलोलिटर पेट्रोल बजारमा पुग्ने गरेको छ । त्यस मध्य अधिकांश डिजेल र पेट्रोल भारत तर्फ चोरी निकाशी भएको पुष्टी भएपछि निगमले स्थानीय प्रहरी प्रशासनसँग सहकार्य गरेर नियन्त्रणको प्रयास शुरु गरेको निगमका क्षेत्रीय डिपो प्रमुख भानुभक्त खनालको भनाई छ । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्