सरकार परिवर्तनको दुर्भाग्य सिलसिलाको अन्त्य भयो – रक्षामन्त्री पोखरेल

<span class='c1'>सरकार परिवर्तनको दुर्भाग्य सिलसिलाको अन्त्य</span> <span class='c2'>भयो – रक्षामन्त्री पोखरेल</span>

विराटनगर ३१ जेठ ।
उप प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले वर्तमान बहुमतको सरकारलाई काम गर्ने राम्रो अवसर प्राप्त भएको बताएका छन् । विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले विगतमा सरकार सञ्चालनमा दूरर्भाग्य सिलसिला व्यहोेरेकोले अवको सरकारले सरकार रहेको अनुभुुती हुने गरि काम गर्ने बताए ।
उाले सरकारले घोषित गरेको नीति तथा कार्यक्रमलाई पूर्ण रुपमा सफल बनाउने विचार व्यक्त गरे । दुई तिहाई बहुमतको सरकारले मुलुकमा लोकतन्त्र, आर्थिक विकास र समृद्धिका निम्ति इमान्दारी पूर्वक काम गर्ने दाबी गरे । उनले भने, सरकारसँग बोलेका कुराहरु पूरा गराउन चुनौती पनि रहेको धारणा राखे ।
संबिधान संशोधनका कुरा
उपप्रधानमन्त्री पोखरेलले संविधान संशोधनीय दस्तावेज भएकोले संसदीय अभ्यास, औचित्यको आधारमा संशोधन हुने वताए । ‘बिधि र प्र्रक्रियामा गएर संबिधान संशोधन हुन सक्ने भएपनि तत्कालै संबिधान शंसोधन हुनु पर्यो भनेर हुँदैन उनले भने, ‘संसदीय अभ्यास र औचित्यका आधारमा संशोधन हुन सक्छ ।’उनले भने, बहुमतको सरकारसँगै अब राजनीतिक स्थारता समेत आउने उनको दाबी छ ।
जोखिमको लागि पुर्ब तयारी
सरकारले भविश्यमा हुनसक्ने संभाबित जोसखम न्युनिकरणको लागि तयारी तिब्र पारेको जनाएको छ । तराईमा आउने बाढी र पहाडको पहिरोका कारण हुने जनधनको क्षति रोक्न सरकार पूर्ण रुपमा तयारी अवस्थामा रहेको उनको दाबी छ । पोखरेलले विपद व्यवस्थापन गर्न सरकारसंग उपलब्ध सबै श्रोत परिचालन गर्ने कुरामा समेत जोड दिए । अनुचित कार्य गर्नेलाई कुनै पनि हालतमा सरकारले नछाड्ने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्