विराटनगरका फार्मेसीको ठगी धन्दा, फार्मेसी सञ्चालक प्रहरीद्धारा पक्राउ

<span class='c1'>विराटनगरका फार्मेसीको ठगी धन्दा,</span> <span class='c2'>फार्मेसी सञ्चालक प्रहरीद्धारा पक्राउ</span>

विराटनगर, १ असार । विराटनगर अस्पताल अगाडी खुलेको फार्मेसीले उपचार गर्न आएका एक युवालाई ६४ हजारको औषधि दिएर एक लाख २९ हजारको बिल बनाएको पाईएको छ । विराटनगर अस्पताल प्रा.लि. अगाडी खुलेको महाकाल मेडिकल हलले श्याम मगरको उपचारको लागि गत सोमबारयता ६४ हजार बरावरको औषधी दिएर एक लाख २९ हजार ६ सय रुपैयाँको बिल बनाएको पाईएको हो ।
फार्मेसीले बढी औषधि दिएको बिल बनाएर ठगी गरेको थाहा पाएपछि मगरका भाई पुर्णबहादुरले प्रहरीलाई खबर गरेका थिए । उजुरी परेपछि प्रहरीले फार्मेसीका सञ्चालक आशिष भगतलाई पक्राउ गरेको छ । फार्मेसीका सञ्चालकले गत सोमबारदेखि सघन उपचार कक्ष आईसीयुमा उपचार गराएका मगरका लागि एक लाख २९ हजार ६ सयको औषधि दिएको हिसाव आफन्तलाई बुझाएका थिए । फार्मेसीले अस्पतालबाट डाक्टरले दिएको पुर्जा, औषधिको नाम लेखिएको चिर्कटोमा भन्दा बढी औषधि दिएको हिसाव देखाएको थियो ।
फार्मेसीले २ थान औषधिलाई १२ थान, ९ थान औषधिलाई १९ थान लेखेर ठगी गर्न खोजेको थियो । औषधिको मुल्यपनि सामान्य भन्दा बढी पाईएपछि प्रहरीमा उजुरी गरिएको भाई पुर्णले जानकारी दिए । अस्पतालले औषधि ल्याउन दिएको पुर्जीको सक्कलमा ईन्जेक्सन नोराल्ड २, एमएल ९ थान लेखिएको छ।तर फार्मेसीले ९ को अगाडी १ थपेर १९ बनाएको छ । १९ वटाको मुल्य ५ हजार ७ सय ९५ लेखेको छ। त्यस्तै डाक्टरले २ वटा औषधि ल्याउन दिएको पुर्जीमा पनि २ हजार ७ सय र ३ हजार ७ सयको नयाँ औषधिको नाम थपेर लेखिएको छ । त्यस्तै ईन्जेक्सन भिटिके, भिटिसी,२÷२ वटा ल्याउन अस्पतालले दिएको पुर्जीमा उल्लेख छ ।तर फार्मेसीले २ वटा ईन्जेक्सनको अगाडी १÷१ थपेर १२÷१२ बनाईएको छ । आईसीयुमा राखिएका मगरलाई काठमाडौँ लैजान रेफर गरिएपछि उनको परिवारले बिहीवार घर लैजाने तयारी गरेको थियो । घर लैजाने बेलामा बिलको हिसाव गर्न जाँदा मात्र उनीहरुले ठगिएको थाहा पाएका हुन् । उद्घोष दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्