नेपाली क्रिकेट कप्तान पारस खड्का आइतबार बिराटनगरमा युवाहरु माझ हुने

<span class='c1'>नेपाली क्रिकेट कप्तान पारस खड्का</span> <span class='c2'>आइतबार बिराटनगरमा युवाहरु माझ हुने</span>

बिराटनगर असार १  , बिराटनगरलाई क्रिकेटको सहर पनि भन्ने गरिन्छ , किनभने बिगतमा बिराटनगरले धेरै रास्ट्रिय स्तरका खेलाडी देशलाई दिएको छ । बिराटनगरका क्रिकेट प्रेमीको लागि खुसीको खबर आएको छ , बिराटनगरमा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कासंगको लिडरसिप सेमिनार आयोजाने हुदैछ । लियो क्लब अफ बिराटनगर युनिकको आयोजनामा हुने उक्त कार्यक्रम असार ३ गते आइतबार हुने भएको छ । बिराटनगरमा उक्त कार्यक्रमले बिराटनगरका क्रिकेट प्रेमी तथा खेलाडीहरुलाई हौसला मिल्ने अपेक्षा आयोजकको रहेको छ ।

होटेल नमस्कारमा हुने उक्त कार्यक्रम आइतबार बेलुकी ३ बजे देखि ५ बजे सम्म हुने आयोजक अब्बु बकर रायेनले जानकारी दिए  । उक्त कार्यक्रममा १ सय रुपैयाको टिकट लाग्ने आयोजकले जनाएको छ । कार्यक्रमको मिडिया पार्टनर आवर बिराटनगर डट नेट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्