विराटनगरमा फार्मेसीको नाममा ठगी गर्नेलाई सार्बजनिक अपराध मुद्दा

<span class='c1'>विराटनगरमा फार्मेसीको नाममा ठगी</span> <span class='c2'>गर्नेलाई सार्बजनिक अपराध मुद्दा</span>

विराटनगर, २ असार ।
६४ हजार रुपैयाँको औषधिलाई एक लाख २९ हजारको बिल बनाएर ठगी गर्न खोज्ने फार्मेसी संचालकलाई प्रहरीले सार्बजनिक अपराध मुद्दा दर्ता गरेको छ । बिहिवार बिराटनगर अस्पताल परिसरबाट पक्राउ परेका महाकाल मेडिकल हलका संचालकलाई शुक्रवार प्रहरीले सार्बजनिक अपराध मुद्दामा ६ दिन म्याद थप गरेको हो ।
पक्राउ परेका आरिशकुमार परियारले मोरङ कानेपोखरीका श्याम मगरको उपचारका लागि ६४ हजार ५ सय रुपैयाको औषधि दिएर एक लाख २९ हजार ६ सय रुपैयाको बिल बनाएर तिर्न दवाव दिएका थिए। फार्मेसीले बढी औषधि दिएको, बिल बनाएर ठगी गरेको थाहा पाएपछि मगरका भाई पुर्ण बहादुरले प्रहरीलाई खबर गरेका थिए । प्रहरीमा पिडित मगर पक्षले लिखित जाहेरी दिन नमानेपछि परियारलाई मोरङ प्रहरीले सार्बजनिक अपराध मुद्दामा ६ दिनको म्याद थप गरेर अनुसन्धान शुरु गरेको हो ।
फार्मेसीले अस्पतालबाट डाक्टरले दिएको पुर्जामा भन्दा बढी औषधि दिएको हिसाव देखाएको थियो । फार्मेसीले २ थान औषधिलाई १२ थान, ९ थान औषधिलाई १९ थान बनाएर ठगी गर्न खोजेको हो । अस्तालबाट डाक्टरले औषधि ल्याउन दिएको पुर्जामा ईन्जेक्सन नुराल्ड २ थान एमएल ९ थान लेखिएको छ । १९ वटाको मुल्य ५ हजार ७ सय ९५ लेखेको थियो ।
त्यस्तै ईन्जेक्सन भिटिके, भिटिसी २/२ वटा ल्याउन अस्पतालले दिएको पुर्जीमा छ तर फार्मेले २ वटा ईन्जेक्सनको अगाडी १/१ थपेर १२/१२ बनाएको पाईएको थियो । औषधिको मुल्यपनि सामान्य भन्दा बढी राखेर बिक्री गरेको पाईएको प्रहरीले जनाएको छ । उद्घोष दैनिकले खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्