विराटनगरमै पर्यो आकाशबाट धमिलो पानी (फोटो सहित) यस्तो कारण

<span class='c1'>विराटनगरमै पर्यो आकाशबाट धमिलो पानी</span> <span class='c2'>(फोटो सहित) यस्तो कारण</span>

विराटनगर, २ असार । देशका विभिन्न भागमा केहि दिनयता बर्षा भई नै रहेको छ । यो बर्ष चाँडै मनसुन शुरु भएको हो । मनसुन शुरु भएसँगै किसानहरुलाई चाँडै रोपाई गर्न सहज हुने छ । तर केही दिनदेखि आकाशबाट खसेको पानी धमिलो भएको हल्ला आईरहेको बेलामा बिराटनगरमा गएरातीको बर्षामा धमिलो पानी बर्षिएको छ । क्षेत्रीय कृषि निर्देशनालयका वरिष्ठ कृषि प्रसार अधिकृत राजेन्द्र उप्रेतीले आकाशबाट झरेको पानीको धमिलो दागहरु सहित सामाजिक सञ्जालमा फोटो सार्बजनिक गर्दै अहिले सम्म नदेखिएको कुरा महसुस गर्न पाईएको बताएका छन् । आकाशबाट परेको पानीमा हिलो मिसिएको पानीको बर्षा भएको उनले उल्लेख गरेका छन् ।
वर्खामा खोलामा हुने पानी जस्तै धमिलो पानी गएराती बिराटनगरमा पनि परेको सामाजिक सञ्जालहरुमा आएका हुन । राती अबेर परेको पानीमा धमिलो पानी बर्षा भएको थियो ।
नेपालको पस्चिमी क्षेत्र कपिलवस्तु, रुपन्देही तथा बाँकेमा पनि शुक्रवार दिउँसो आकाशबाट धमिलो पानी बर्षिएको थियो ।
मौसम विज्ञान विभाग काठमाडौंले यस किसिमको पानी पश्चिम वायुको प्रभावका कारण भएको जनाएको छ। विभागले भारतीय आकाशमा राजस्थान आसपासको मरुभुमीमा अत्यधिक मात्रामा बिहिवारदेखि हावाहुरी चलेकोले आकाशमा धुलोजम्मा भएका कारण पश्चिम नेपाल तथा मध्य नेपालका केहि भागमा पानी पर्दा धमिलो पानी परेको जनाएको भएपनि पुर्बी नेपालमा पनि त्यस्तो पानी बर्षा भएको छ ।
भारतीय आकाशमा परेको प्रभाव नेपाली आकाशमा पनि केहि परेको र भारतीय सिमा नजिकको नेपाली आकाश मुनीका नागरिकहरुले समेत उक्त अनुभुती गर्न पाएको मौसम विभागले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्