प्रेम देवान
विराटनगर २ असार । विश्व प्रबिधिलाई पछ्याउँदै निक्कै अघि बढेको छ । त्यसैलाई पछ्याउने दाउमा छ, बिराटनगर महानगरपालिका पनि । कारण विराटनगरलाई पनि अब डिजिटल विज्ञापन बनाउने तयारीमा रहेको मेयर भीम पराजुलीले बताएका छन् ।
विराटनगरको महेन्द्र चोकमा रहेको डिजिटल बिज्ञापन एजेन्सीले नयाँ प्रबिधीबाट ल्याएको डिजिटल बोर्डको उद्घाटन् गर्दै मेयर पराजुलीले विराटनगरलाई पनि डिजिटल विज्ञापनको शहर बनाउन सकिने दावी गरे ।
‘हामी २१ औं सेन्चुरीमा आईसकेका छौं, संसार ईन्टरनेट र प्रबिधिका कारण धेरै अघि बढीसकेको छ । अब हरेक क्षेत्रलाई डिजीटलमय बनाउनुपर्छ ।’ विराटनगरमा रहेका साइनबोर्ड र फ्लेक्सहरुले विराटनगरको सुन्दरतालाई विगारेका कारण अब यो शहरलाई पनि डिजिटल मार्फत चिनाउने दाबी गरे । विराटनगरमा यस्ता खालको आवश्यक पनि रहेका कारण विराटनगरमा पहिलो पटक ल्याउने डिजिटल भिडियो बिज्ञापन एजेन्सी प्रति सराहनीय काम रहेको मेयर पराजुलीले बताए । महानगरपालिकाले जनहितमा जारी हुने विज्ञापनहरुलाई महानगरसँग समन्वय गरेर अगाडी बड्न उनले एजेन्सीलाई आग्रह गरे ।
भिजुवल बिज्ञापन एजेन्सीले विराटनगरमा पहिलो पटक डिजिटल विज्ञापन बोर्डको शुरुवात गरेको हो । तर यस अघि नै ईटहरीमा यो प्रबिधिबाट बिज्ञापनको काामहरु भई नै रहेका छन् ।
८ फिट लम्बाई र १२ फिट चौडाइ रहेको उक्त डिजिटल बोर्डमा बिज्ञापन देखाउन महिनाको १२ देखि १५ हजारसम्म लाग्ने संचालक बिनय न्यौपानेले बताए । आगामी दिनमा बिराटनगरका ५ वटा ठाउँमा उक्त डिजिटल बोर्ड लगाइने न्यौपानेले जानकारी दिए । अहिले चलिरहेको होर्डिङ बोर्ड भन्दा आकर्षक देखिने हुनाले उक्त डिजिटल बोर्डले शहरको सौन्दर्यता बढाउने दाबी गरिएको छ ।