बिराटनगर असार ३। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) को आह्वानमा आज निजी विद्यालयमा हडताल भएको छ ।
सो संगठनका अध्यक्ष चिरञ्जीवी ढकाललगायत नेताको पक्राउ र निजी विद्यालयमा लिइएको बढी शुल्क फिर्ता गर्ने सहमति कार्यान्वयन नभएको जनाउँदै शैक्षिक हडतालको आह्वान भएको हो ।
हडतालका कारण बिराटनगरका निजी बिद्यालय तथा कलेज बन्द रहेका छन् ।