जापानमा सोमबार बिहान भूकम्प गएको छ । ओसाका केन्द्र बिन्दु भएर ६.१ म्याग्नीच्युडकाे भूकम्प गएकाे हाे ।
बीबीसीले भूकम्पमा परी अहिलेसम्म ३ जनाको मृत्यु र दर्जनौं घाइते भएकाे जनाएकाे छ ।
भूकम्पबाट अाेसाका सँगै टाेकियाे, ह्याेगाेलगायतका स्थान प्रभावित भएकाे जनाएकाे छ ।
जापानको प्रकोप व्यवस्थापन विभागले ओसाका र यस नजिकका जिल्लाहरु होयोगो र क्योटोमा गरी ४० जना घाइते भएको जनाएको छ ।