प्रेम देवान /आवर विराटनगर डट नेट
विराटनगर, ५ असार । मोरङको जहदा गाँउपालिका वडा नम्बर ४ सिसौबारीका सन्तोष सिहले नातामा सोल्टीनी पर्ने एक युवतीसँग प्रेमसँग प्रेम गरे । मायाँ जालमा पारे अनी ति युवतीसँग सँगै बस्ने र बिहे गर्नेसम्मको आश्वासन ति युवतीलाई दिए । लामो समयसम्म ति युवा र युवतीको प्रेम लम्बियो, ख्यालख्यालबाट शुरु भएको मायाजाल बिस्तारै झाँङ्गिँदै गयो ।
सन्तोषले मोरङको सुनवर्सी गाँउपालिका ९ वालुवारी की २० बर्षिया सुनितादेवी रायलाई प्रेमको मायाँ जालमा चुर्लुम्मै फसाए । सन्तोष र सुनिताले यो प्रेमलाई श्रीमान श्रीमतीको रुपमा लैजाने निधो गरे अनी मन्दिरमा गएर विवाह गरे । उनीहरुलाई विवाह गरेर जाने बेलामा घरकाले स्वीकार गर्दैनन् की भन्ने थियो । त्यही भएर उनीहरु आफुलाई सुरक्षित बनाउनको लागि घरबाट भागेर सँगै जिउने र मर्ने बाचा गर्दै सुन्दरीमोडको मन्दिरलाई साक्षीराखी विवाह बन्धनमा बाँधिएका थिए । तर ति वाचा कसम यति चाँडै तोडियो की एक बर्ष पनि टिकेन । तर जव बिवाह भयो अनी उनीहरुको सम्बन्धमा दरार आउन थाल्यो । कहिले सम्पती नल्याएको, कहिले गरिब भनेर, अनी कहिले छोरी पाएको भन्दै सुनितामाथि प्रहार भई नै रह्यो । सन्तोषका परिवारले त बिभिन्न बहाना गरेर यातना दिई नै रहे तर सन्तोषले पनि त्यस्तो अबस्थामा एकशब्द पनि बोलेनन् ।
मायाँमा चुर्लुम्ब डुबेर ल्याएकी श्रीमती सुनीताको बारेमा उनका श्रीमान् वास्तासम्म त के श्रीमतीलाई कुटेर यातना दिँदा समेत उनी निरिह बनेर उल्टै परिवारका सदस्यलाई सघाउँथे । केही दिन अघि मात्र सुनिताका सासु–ससुरा र श्रीमान् सन्तोषले कुटपिट गरी घाईते बनाए । कुटपिटबाट घाईते सुनिता अहिले कोशी अञ्चल अस्पतालको अब्जरभेशन वार्डमा विगत १२ दिनदेखि उपचारत छिन् । अहिले सुनता न घरको भईन् न घाटको । उनी अहिले अस्पतालको शैयामा उपचाररत छिन् उनको अहिले बिचल्ली भएको छ ।
सुनिताको अहिले ७ महिनाको छोरी पनि आफूसँगै राखेकी छिन् । गरिब तथा छोरी जन्माएको भन्दै सन्तोषका परिवारले उनलाई स्वीकार गर्नै सकेनन् । यस अघि आफ्नै आमाबुवासँग बस्दै आएकी सुनितालाई लिन श्रीमान सन्तोष पटक पटक पुगेका थिए । उनी श्रीमान्सँग घर गएपनि फेरी घटना दाहोरीँदै आएको सुनिताले सुनाईन् । उनले भनिन्, ‘श्रीमान् सहित सासु र ससुरा मिलेर सबैले कुटेर लखेट्थे ।’
सुनिताको अनुसार, विचमा सन्तोषलाई उनको परिवारले भारतको फारविजगन्जकी केटीसँग विवाह गरिदन लागेको थिए । तर मैले विचैमा गएर रोकिदिएँ मलाई सन्तोषले विवाह गरिसकेको छ मैले भनेँ । ‘त्यसपछी फारविजगन्ज तर्फका केटाका मान्छेहरु फर्केर गए उनले, भनिन्, ‘त्यसपछी सन्तोष र उनका परिवारले मलाई अहिलेसम्म बुहारी र श्रीमती भनेर स्वीकारेका छैनन् ।’
त्यसपछि उनले तत्काल ईलाका प्रहरी कार्यलय रंगेलीमा गएर निवेदन दिईन् । केटापक्ष र केटी पक्ष दुवैलाई रंगेली प्रहरीले उपस्थित गराएको थियो । तर त्यहाँ दुवै पक्ष विच कुरा नमिलेपछि जिल्ला प्रहरी कार्यलय मोरङमा दुवैलाई उपस्थित गराईएको थियो । ‘तर सन्तोषले मेरो छोरी हैन भनेर टाढिन खोजेको छ, सुनिताले भनिन्, अहिले पनि सन्तोष भागेको भागै छ ।’
केहीदिन अघि सुनिता छोरीलाई लिएर श्रीमान्को घर गएकी थिईन् । घरमा पुग्न साथ तथानाम गाली गरेर कुटपिट गर्न शुरु भएको उनले सुनाईन् । घरका सबै परिवारले कुटपिट गरेर घाईते बनाईएकी सुनितालाई स्थानिय छिमेकको सहयोगमा कोशी अञ्चल अस्पतालमा उपचारकोलागि ल्याईएको स्थानिय सर्मिलादेवी सहनीले आवर विराटनगरलाई जानकारी दिईन् । सर्मिलादेवी सन्तोष कै छिमेकी हुन् । सर्मिला मात्र हैन अरुपनि १२ दिनदेखि वेसहारा भएर बसेकी सुनिताको उपचार गर्न सहयोग गरिरहेका छन् ।
सुनितालाई सन्तोषका परिवारले उल्टै झुटो आरोप लगाएको स्थानीय बताउँछन् । सुनिताले पनि जिल्ला अदालत मोरङमा सन्तोषसँग अशंवण्डां मागगर्दै जग्गा रोकी पाउ तथा छोरी स्वीकार गरी लालनपालन गरिपाउ भनी मुद्धा दायर गरेको सुनिताले बताईन् ।
यस बारेमा सन्तोषसँग जानकारी लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । उनले फोन उठाएर पनि काटेका थिए । कहिले मोबाईल स्वीच अफ गर्ने त कहिले काटिदिने गरेका छन् । यता जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी नायव उपरीक्षक निशान थापाले प्रहरीकहाँ जाहेरी परेको जानकारी दिए । दुवैपक्ष विच एक अर्कामा मुद्धा दायर भएकोले अदालती प्रकृया अनुसार पिडक माथि कारबाही हुने डिएसपी थापाले बताए ।