२०७४ साल चैत्रमा संचालित माध्यमिक शिक्षा परीक्षा (एसइइ कक्षा १०) को नतिजा यहि साता प्रकाशित हुनेभएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार डाटा इन्ट्री र रुजु गर्नेलगायत कामहरु अन्तिम चरणमा पुगेको र कुनै प्राबिधिक समस्या नआए यो हप्ता नतिजा प्रकाशित हुनेछ ।
२०७४ साल चैत्र ८ गते देखि सुरु भएको एसइइ परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सम्मेलित भएका थिए ।
नतिजा कसरी हेर्ने ?
नतिजा प्रकाशन भैसकेपछी ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ ।
नेपालमा नतिजा हेर्नको लागि मोबाईल एसएमएस बाट SEE लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा पठाउन सकिन्छ ।उदाहरणको लागि मानौ तपाइँले हेर्न चाहेको नतिजाको सिम्बोल नम्बर १२३४५६७८ हो भने आफ्नो म्यासेज बक्समा गई SEE 12345678 लेखेर ३१००३ मा पठाउने !
एसएमएस सेवा नेपाल बाहिर बस्नेहरुको लागि भने उपलब्ध छैन ।
नेपाल बाहिर बस्नेहरुले वेबसाईटको माध्यमबाट नतिजा हेर्नु पर्ने हुन्छ ।
यसको लागि ईन्टरनेटमा गइ नेपाल टेलिकमको वेबसाईट www.see.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ ।