विराटनगरमा फार्मेसीको लापरवाहीले आँखा नदेख्ने भएकी निर्मलाको भिडियो कथा

<span class='c1'>विराटनगरमा फार्मेसीको लापरवाहीले आँखा नदेख्ने</span> <span class='c2'>भएकी निर्मलाको भिडियो कथा</span>

प्रेम देवान
विराटनगर ६ असार । विराटनगर १६ रानी स्थित बैंक चोकमा रहेको जितु मेडिकोहलबाट किनिएको औषधि लगाएर समस्यामा परेकी निर्मलाको आँखा अझै खुलेको छैन । बर्मेलीटोलकी ३५ बर्षिय निर्मला रानीकै एक निजी स्कुलमा अध्यापन गराउदै आएकी थिईन् । तर निर्मलाले जितु मेडिकोहलबाट किनेको औषधी प्रयोग गरेपछि अस्पताल पुगेर पनि अझै आँखाको समस्या समाधान नभएको आवर विराटनगरलाई बताईन् ।
उनका श्रीमान् अर्जुन कुमार अर्जेलले गत विहीबार राती ९ बजे मेडिकोहलबाट एट्रोपिन आईस ड्रप (एनीम– पिन) ५ एमएलको औषधी किनेर लगेका थिए । मेडिकोका कर्मचारीले आँखा ठिक गर्नेभन्दै दिएको औषधिले उनको आँखामा समस्या आएको हो । निर्मलाको आँखाको लागि दिईएको औषधि गलत भएको कारण शुक्रबार विहानदेखि आँखा नै नदेख्ने भएको उनले बताईन् । त्यसैको भोलील्ट देखि नजिकै रहेको विराटनगर आँखा अस्पताल पुगेर जँचाएकी निर्मलाले अहिलेसम्म पनि आँखाको दृष्टी नफर्किएको बताईन् । निर्मलाको समस्याको बारेमा विराटनगर आँखा अस्पतालकी नेत्र साहायक सविना अर्यालले हेरेकी थिईन् । घटनाको बिषयमा ओबीले यस अघिनै घटनालाई त्यही दिन स्थलगत रिपोर्टिङ गरेको थियो ।
पछिल्लो समय डाक्टर र फार्मेसीको लापरवाहीका कारण धेरै विरामीले अकाल मै ज्यान गुमाउने गरेका छन् । अस्पतालमा डाक्टरको लापरवाही त छ नै अस्पताल बाहिर फार्मेसीहरुको बदमासीका कारण झनै सेवाग्राहीले दुःख पाईरहेका छन् । यस विषयमा सम्बन्धित निकाय अहिलेसम्म मौन छ। निर्मलाले अस्पताल धाएको एक हप्ता पुगिसकेको छ । तर अहिलेसम्म यो घटनाको बारेमा कसैले पनि चासो देखाएको छैन । उनी दिनरात अस्पताल धाउँछिन्, चिकित्सकको सल्लाह अनुसारको औषधि प्रयोग गरिरहेकी छिन् । तर जितु मेडिकल हललाई अहिलेसम्म कानुनी दायरामा ल्याईएको छैन । यस्ता जनताको स्वास्थ्यमा खेलवाड गर्ने मेडिकल हल तथा फार्मेसीहरुलाई कार्वाही गर्नुपर्ने निर्मलाको माग छ । उनले आफुलाई यस्तो अबस्थामा पुर्याउने जितु मेडिकल हलका संचालकलाई कार्वाहीसँगै क्षतीपुर्तीको माग गरेकी छिन् ।

https://www.youtube.com/watch?v=PEKzCDkfV2M&feature=youtu.be

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्