चिनियाँ रेल छिट्टै काठमाडौँसम्म पुग्ने कुरामा चीनका राष्ट्रपति आशावादी

<span class='c1'>चिनियाँ रेल छिट्टै काठमाडौँसम्म पुग्ने</span> <span class='c2'>कुरामा चीनका राष्ट्रपति आशावादी</span>

राम हुमागाईं

बेइजिङ, असार ७ गते । चीनका राष्ट्रपति सी जिनपिङले चिनियाँ रेल छिट्टै काठमाडौँसम्म पुग्ने कुरामा आफू आशावादी रहेको बताउनु भएको छ । चीनको औपचारिक भ्रमणका लागि बेइजिङमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पिपुल्स ग्रेट हल अफ द पिपुलमा भएको द्विपक्षीय भेटका अवसरमा बुधबारराष्ट्रपति सीले सो कुरा बताउनु भएको हो ।
भेटपछि आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति सीको भनाइ उद्धृत गर्दै भन्नुभयो,“हामीले सिगात्से, ल्हासाहुँदै केरुङसम्म पु¥याउन लागेको रेल नेपालको सीमाबाट काठमाडौँ पुग्ने विश्वास मैले लिएको छु ।”

भेटमा आगामी अगस्तसम्ममा पूर्वसम्भाव्यता अध्ययन पूरा गरी सिधै विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने तय भएको जानकारी मन्त्री ज्ञवलीले पत्रकार सम्मेलनमा दिनुभयो ।
उहाँले चीन नेपालमा ग्यास तथा पेट्रोलियम पदार्थको उत्खननमा समेत सहयोग गर्न तत्पर रहेको सो अवसरमा जानकारी गराउनु भएको थियो ।
राष्ट्रपति सीको भनाइ उद्धृत गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, “नेपालले अन्य राष्ट्रसँग सम्बन्ध राख्दा चीनलाई कुनै आपत्ति छैन र नेपाल र चीनबीच नजिकको सम्बन्ध राख्दा पनि अरु देशले पनि चिन्ता लिनु पर्दैन ।”
पत्रकारले रेल कहिले काठमाडौँ पुग्छ भन्ने विषयमा राखेको जिज्ञासाको जवाफमा मन्त्री ज्ञवालीलेभन्नुभयो, “ पूर्वसम्भाव्यता अध्ययनपछि सिधै डीपीआरमा जाँदा त्यसका लागि एक डेढ वर्ष लाग्न सक्छ, त्यसपछि निर्माण सुरु गर्ने हो भने अबको छ साढे छ वर्षमा चिनियाँ रेल काठमाडौँ पुग्नसक्छ ।
“तर रेल निर्माणको कुरा पूरै चीनलाई दिने भन्दा पनि हामीले पनि त्यसमा केही लागनी गर्दा राम्रो हुनसक्छ भन्ने मेरो बुझाइ हो ।” मन्त्री ज्ञवालीले पत्रकार सम्मेलनमा बताउनुभयो ।
प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच बुधबार करिब ४० मिनेट एक्लाएक्लै भेट भएको थियो । त्यसपछि करिब ४५ मिनेट दुबै देशका प्रतिनिधिमण्डलबीच औपचारिक भेट तथा छलफल भएको थियो ।
भेटका अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिष्ट पार्टीले केही समय पहिले आफ्नो ऐतिहासिक सम्मेलन सकेको र नेपालमा पनि दुई कम्यिुनिस्ट पार्टी एकीकरण भई बलियो सरकार गठनको अवस्थामा पुगेको उल्लेख गर्दै भन्नुभयो, “हामीहरू दुवैपार्टी इतिहासको नयाँ मोडमा पुगेका छौं । ”
त्यस्तै सो भेटमा प्रधानमन्त्री ओलीले आफूले चीनको एक ‘भिजनरी’ नेतालाई भेट्न पाउँदा निकै खुशी लागेको बताउनुभयो । दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझ बलियो हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

बेइजिङमा चार देशका पाहुना
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा बेइजिङ पुगेकै दिन मङ्गलबार चारवटा देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखको स्वागत सत्कारमा बेइजिङ व्यस्त थियो ।
बेइजिङमा पपुवा न्युगिनीका तथा बोलिभियाका राष्ट्रपति सोमबार बेइजिङ आइपुग्नु भएको थियो ।
त्यस्तै, उत्तर कोरियाली नेता किम जोङ उन पनि दुईदिने चीनको अनौपचारिक भ्रमणका लागि मङ्गलबार बेइजिङ आइपुग्नु भएको थियो । उहाँ बुधबार स्वदेश फिर्ता हुनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्