मोरङ, असार ८ गते।
मोरङ प्रहरीले बिहिबार एक सय लिटर घरेलु मदिरा बरामद गरेको छ।
“घरेलु मदिरा नियन्त्रण अभियान” अन्तरगत जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले बिराटनगर महानगरपालिका वडा नं १ स्थित शंकर चौक र परोपकारघाट आसपासका स्थानहरु चेकजाँचका क्रममा सो मदिरा बरामद गरएको उक्त कार्यालयले जनाएको छ।
बरामद मदिरा आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय बिराटनगर पठाइएको छ।