नेपालमा घुम्न पर्यटक आउने संख्यामा वृद्धि , चार लाख ५४ हजार पर्यटक नेपाल भित्रिए

<span class='c1'>नेपालमा घुम्न पर्यटक आउने संख्यामा वृद्धि ,</span> <span class='c2'>चार लाख ५४ हजार पर्यटक नेपाल भित्रिए</span>

काठमाडौँ, असार ८ गते । सन् २०१८ को सुरुवातदेखि नै पर्यटक आगमन वृद्धि भइरहेकोमा पाँचौँ महिनासम्म पनि यो कायम रहेको छ । अध्यागमन विभागका अनुसार मेसम्म चार लाख ५४ हजार पर्यटक नेपाल भित्रिएका छन् ।  अघिल्लो मेको तुलनामा यो १२.५ प्रतिशतको वृद्धि दर हो । यस वर्षको मेमा मात्रै नेपालले करिब ६९ हजार पर्यटकलाई स्वागत गरेको छ । यो सङ्ख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा ९.६ प्रतिशतको वृद्धिदर हो । सन् २०१७ को मेमा ६२ हजार ७७३ पर्यटक नेपाल भित्रिएको विभागको तथ्याङ्क छ ।

पर्यटक आगमनमा नियमित सुधार पाइरहेको नेपालका प्रमुख पर्यटकका रूपमा भने छिमेकी देश भारत र चीन नै अघि छन् । मेमा मात्रै सबैभन्दा धेरै २१ हजार ७२८ जना भारतीय पर्यटक नेपाल आएको तथ्याङ्क छ । त्यस्तै अघिल्लो मेको तुलनामा चिनियाँ पर्यटकको सङ्ख्या २५.२ प्रतिशतको वृद्धि हुँदै नौ हजार १५१ पुगेको छ ।
सार्क क्षेत्रका बङ्गलादेश र श्रीलङ्काबाट भित्रने पर्यटक भने अघिल्लो वर्षको मेको तुलनामा क्रमश ४९.३ र ११.१ प्रतिशतले घटेको छ । पाकिस्तानबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा अति सामान्यमात्रै वृद्धि छ । तथ्याङ्क अनुसार अघिल्लो मेमा ३७० जना पाकिस्तानी पर्यटक नेपाल आएकोमा ०.८ प्रतिशतको वृद्धि सहित समीक्षा महिनामा ३७३ जना पुगेको छ ।
नेपाल भित्रिने प्रमुख एसियाली देशका पर्यटकको वृद्धिदर सबैभन्दा धेरै छ । यस अवधिमा चीनसहित, जापान, मलेसिया, सिङ्गापुर, दक्षिण कोरिया, ताइपेइ र थाइल्यान्डबाट आउने पर्यटकको कुल सङ्ख्या १४.२ प्रतिशतले बढेर १५ हजार २०९ पुगेको छ । थाइल्यान्डबाट आउने पर्यटकको सङ्ख्याको वृद्धिदर बाँकी सबै देशको तुलनामा सबैभन्दा बढी छ । थाइल्यान्डका पर्यटकको सङ्ख्या कुल ६२.१ प्रतिशतले बढेर ९११ पुगेको छ । जापान, मलेसिया, दक्षिण कोरिया र ताइपेईबाट आउने पर्यटकको सङ्ख्या भने मेमा घटेको छ । चीन र थाइल्याण्डबाट पर्यटकको सङ्ख्या बढ्दा एसियाका यी देशको समग्र वृद्धिदर सबैभन्दा बढी देखिएको छ ।
प्रमुख पर्यटकीय बजारका रूपमा रहेको युरोपबाट मेमा आउने पर्यटकको सङ्ख्या भने १८ प्रतिशतले घटेर १२ हजार ६१ पुगेको छ । मेमा सबैभन्दा बढी संयुक्त अधिराज्यबाट तीन हजार १८६ जना पर्यटक नेपाल आएका छन् ।
अघिल्लो मेको तुलनामा भने यो सङ्ख्या ५१.४ प्रतिशतले कम हो । अस्ट्रिया, बेल्जियम, फ्रान्स, जर्मनी, इटली, नेदरल्यान्ड्स, पोल्यान्ड र स्पेनका पर्यटकको सङ्ख्या अघिल्लो मेको तुलनामा बढ्दा चेक गणतन्त्र, डेनमार्क, नर्वे, रसिया र स्विडेनको घटेको छ ।
उत्तर अमेरिकी मुलुक संयुक्त राज्य अमेरिका, क्यानाडाको कुल पर्यटकको सङ्ख्या ७.१ प्रतिशतले बढेर आठ हजार १५८ पुगेको छ । यसमध्य अमेरिकाका पर्यटकको सङ्ख्या मात्रै छ हजार ९८२ छ । अस्टे«लिया र न्युजिल्यान्डबाट १३.२ प्रतिशतले पर्यटकको सङ्ख्या बढेर कुल दुई हजार २५८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्