विराटनगर, १० असार ।
एक नम्बर प्रदेश सभाले सरकारद्वारा प्रस्तुत विनियोजन विधेयक २०७५ पारित गरेको छ । आईतवार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादु्र आङ्वोले विधेयक पारित गरियोस् भनी पेस गरेको प्रस्ताव बहुमतले पारित भएको हो । त्यसअघि विधेयकमाथि नेपाली कांग्रेसका सांसद शिवनारायण गनगाईले राखेको खर्च कटौतिको प्रस्ताव प्रदेशसभाको बहुमतले अस्वीकृत गरेको छ ।
कांग्रेस सांसद गनगाईले विधेयकमा रहेको भैपरी चालु तर्फको ४३ करोड ३७ लाख ३ हजार २ सय सात, विविध भैपरी शिर्षकको ८० करोड र भैपरी पुँजिगतमा रहेको ४८ करोड ८८ लाख ८० हजारलाई कटौति गर्न प्रस्ताव पेस गरेका थिए ।
उनले ति सबै शिर्षकमा पाँच सय रुपैयाँमात्र राख्न गर्नुभएको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको हो । खर्च कटौतिको प्रस्ताव माथि जवाफ दिदै आर्थिक मामिला तथा योजना मन्त्री आङ्वोले मुख्यमन्त्री ग्रामिण सडक कार्यक्रम र सार्वजनिक निजि साझेदार िकार्यक्रमका लागि सो बजेट मन्त्रालय मातहत राखिएको जानकारी दिए ।