सफ्टवेयरमा खराबीको कारण एसईई परीक्षाको नतिजामा त्रुटि

<span class='c1'>सफ्टवेयरमा खराबीको कारण एसईई</span> <span class='c2'>परीक्षाको नतिजामा त्रुटि</span>

काठमाडौं असार १० - नतिजा प्रकाशित गर्ने सफ्टवेयरमा आएको समस्याका कारण एसईई परीक्षाको नतिजामा शनिबार केही त्रुटि भएको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिएका छन्।

आइतबार उनले भने, ‘एसईईको नतिजा हेर्ने सिस्टममा समस्या आएको हो। यसलाई इन्जिनियरिङको भाषामा ‘कम्प्‍याटिबिलिटीको समस्या’ भनिन्छ। यसलाई मिलाउन मैले सम्बन्धित इन्जिनियरहरुलाई भनिसकेको छु।’

रेग्मीका अनुसार उनले शनिबार परीक्षा नियन्त्रण कार्यालयबाट प्रकाशित हुँदा नतिजा ठिक्‍कै भए पनि सफ्टेवयरमा हाल्दा यस्तो समस्या देखाएकाले चाँडै सूचना राखेर सम्‍पूर्ण विद्यार्थीहरुलाई जानकारी दिइनेछ। उनका अनुसार नेपाल टेलिकमको वेबसाइटमा रिजल्ट सही देखाए पनि परीक्षा नियन्त्रण कार्यालयकै बेवसाइट र अन्य वेबसाइटमा भने समस्‍या देखिएको छ।

उनले भने, ‘एसईईको रिजल्टलाई अरु साइटहरुले हतारमा हाल्दा अपलोडमा समस्या भयो। फलस्वरुप गलत रिजल्ट कसैकसैको देखाइरहेको छ। तर यो ठूलो समस्‍या होइन। हामी चाँडै समाधान गर्छौ।’

शनिबार एसईई परीक्षाको नतिजापछि कतिपय विद्यार्थीले आफ्नो मार्कसिट हेर्दा प्रत्‍येकपटक फरकफरक रिजल्ट देखाएको थियो।(देशसंचार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्