विराटनगर,११ असार ।
पछिल्लो समय कुकुर मोह धनाढ्य परिवारमा बढ्दै गएको छ । तर त्यो कुकुरलाई दिसा गराउने ठाउँ भनेको खुल्ला चौर या सडक किनार रहेको छ । काठमाडौँमा समस्याको रुपमा देखिएको कुकुरले सडक फोहोर गर्ने समस्या बिराटनगरमा पनि देखिएको छ । सौखको लागि कुकुर पाल्यो अनी त्यो कुकुरको दिसा गराउने ठाउँ सडक बनेको छ । त्यसरी सडकमा दिसा गराएको कसैलाई पनि मन भने पर्दैन । तर कुकुरलाई बाहिर दिसा नगराउनुस भन्दा एक ब्यक्तिले महिलालाई नै अंगभङ्ग हुनेगरी आक्रमण गरेका छन् ।
विराटनगर वडा नं ८ मधुमाराका टेकबहादुर गिरिले कुकुरलाई सडकमा दिसा गराउने बिषयमा विवाद हुँदा एक महिलालाई अंगभंग हुन गरी आक्रमण गरेका छन् । गिरीले स्थानिय संगिता पोख्रेलले सडकमा कुकुरलाई दिसा नगराउन भन्दा उनीमाथि कुटपीट हुनुका साथै मुखले टोकेर औला नै चुडाईदिएका छन् । सामान्य विवादमा गिरिले उनीमाथि कुटपिट गरि दाँतले टोकेर हातको औँला चुडाईदिएको वडा नम्बर ८ की वडा सदस्य भारती पोखरेलले जानकारी दिईन् ।
दोषी टेकबहादुर गिरिलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको प्रहरी उपरिक्षक मनोजकुमार केसीले जानकारी दिए । उनका अनुसार, छिमेकीसँग भएको झगडाको बिषयमा गिरीले छिमेकीलाई अंगभंग हुनेगरी अक्रमण गरी औला नै चुडाईदिएकोले उनलाई जिल्ला अदालत मोरङमा अंगभंग सम्बन्धि मुद्दा दायर गरिएको उपरीक्षक केसीले जानकारी दिए ।