गुफामा फसेका फुटबल प्रशिक्षकसहित सबै बालकको सकुशल उद्धार

गुफामा फसेका फुटबल प्रशिक्षकसहित सबै बालकको सकुशल उद्धार

एजेन्सी, २६ असार । गुफामा फसेका १२ जना ११ वर्षदेखि १६ वर्षका फुटबल खेलाडीसहित एक फुटबल प्रशिक्षकको उद्धार गरिएको छ ।गएको जुन २३ गतेदेखि १ फुटबल प्रशिक्षकसहित १२ जना गुफामा फसेका थिए । गुफाबाट गएको आइतबार चार, सोमबार चार र मंगलबार पाँच जनाको उद्धार गरिएको हो । फुटबल कोचसहित १२ जना बालकलाई गुफाबाट टोलीले सकुसल उद्धार गरेको हो ।

गुफामा फसेका सबैकाे उद्धार गर्न १८ दिन लागेकाे हाे । उनीहरुलार्इ निगरानीका लागि अस्पतालमा सातदिनसम्म राखिने थाइ अधिकारीहरुले जनाएका छन् । संक्रमण नफैलियाेस भनेर उनीहरुलार्इ अलग–अलग राखिएकाे छ । एक हप्ता अस्पताल बस्नुपर्ने कारण उनीहरु विश्यकप फुटबलमा सहभागी हुने सम्भावना न्यून रहेकाे छ ।

उद्धार कार्यमा विभिन्न देशका उद्धार टोलीको सहभागिता रहेको थियो । गुफामा चारजना उद्धारकर्ताहरु रहेको र उनीहरु पनि निस्कने क्रममा रहेको बीबीसीले जनाएको छ । बेपत्ता भएको नौ दिनपछि मात्रै गोताखोरहरुले बालक र प्रशिक्षक सुरक्षित भएको पत्ता लगाएका थिए । उद्धारकर्ताहरुले उनीहरुसँग गरेको कुराकानीको भिडियो नै सार्वजनिक गरेका थिए ।

१८ दिनसम्म लगाएर गुफामा फसेका सबैको सकुशल उद्धार गरेको भन्दै विश्वका नेताहरुले उद्धारकर्ताहरुको प्रशंसा गरेका छन् । बेलायतकी प्रधानमन्त्री टरिजा मे ले सफलतापूर्वक उद्धार सम्पन्न भएका भन्दै उद्धारकर्ताहरुको प्रशंसा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्