अधिकारका लागि महिलाहरु अग्रसर हुनुपर्नेमा जोड

<span class='c1'>अधिकारका लागि महिलाहरु</span> <span class='c2'>अग्रसर हुनुपर्नेमा जोड</span>

बिराटनगर, ९ साउन । मोरङको बिराटचौकमा आयोजित एक कार्यक्रममा सहभागिहरुले आफ्नो अधिकार प्राप्तीका लागि महिलाहरु नै अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस निकट नेपाल महिला संघ मोरङ ३ नं. क्षेत्रीय समितिले आयोजना गरेको अन्र्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले महिलाको हक अधिकार प्राका लागि महिलाहरु कै जागरुकताको खाँचो औल्याएका हुन् ।
कार्यक्रममा कांग्रेस महासमिति सदस्य बसन्त भट्टराई, महासमिति सदस्य एवं नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्मा, कांग्रेस जिल्ला कोषाध्यक्ष गोपाल थापा, संगठन बिभाग प्रमुख मानबहादुर लिम्बु लगायतले महिलाहरु आफ्नो हक अधिकार प्राप्तीका लागि आफै अग्रसर हुनुपर्नेमा जोड दिए । त्यस्तै सांसद लोकप्रसाद संग्रौला, शेखरचन्द्र थापा, सूर्यमाराज राई र बिन्दिया कार्कीले पनि अधिकार प्राप्तिका लागि महिलाहरुले नै अग्रसर हुनुको बिकल्प नरहेको बताए ।
कार्यक्रममा महिला संघका क्षेत्रीय सभापति कमला अधिकारी, सचिव मञ्जु रेग्मी, महिला संघ पथरीशनिश्चरे–३ की वडा सभापति मिना सेञ्चुरी, सुन्दरहरैचा–१० की वडा सभापति मनु तामाङ, क्षेत्रीय सदस्य प्रेमला राई, कमला योन्जन, कांग्रेस सुन्दरहरैचा नगर सदस्य बिन्दा दाहाल लगायतले संबिधानले महिलालाई अधिकार दिएपनि महिलाहरुको सोचाई परिवर्तन, एकता र जाकरुकता बिना अधिकारलाई ब्यवहारमा उतार्न कठिन हुनेमा जोड दिए ।
समय परिवर्तनसँगै महिलाहरुमा पनि सक्षमता बिकास हुँदै गएको भएपनि अझैपनि सन्तोषजनक अवस्था नरहेको उनीहरुको ठम्याई छ । कांग्रेसको अभियानमा पुर्याएको योगदानको मुल्यांकन गर्दै महिला संघको क्षेत्रीय समितिमा मनोनयन गरिएका सदस्यहरुलाई कार्यक्रम कै अवसरमा अविर लगाएर स्वागत गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्