टिमुरे पहिरोमा चारको मृत्यु, उद्धार कार्य जारी

<span class='c1'>टिमुरे पहिरोमा चारको मृत्यु,</span> <span class='c2'>उद्धार कार्य जारी</span>

काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा बुधबार राति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । मृतकमध्ये एकजनाको मात्र सनाखत भएको छ ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता शैलेश थापाका अनुसार उद्धार कार्य जारी छ । पहिरोमा परी केही बेपत्ता भएका छन् । कतिजना बेपत्ता भएका हुन् यकिन नभएको थापाले बताए ।

राससका अनुसार टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पनि पहिरोले पुरेको छ । सो आसपासका घरमा राति बास बसेका १२ जना घाइते भएका र उनीहरुको उपचार टिमुरे स्वास्थ्य चौकीमा भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।

पहिरोमा परी आठ–दश जना बेपत्ता भएको अनुमान गरिएको छ । गएराति १२ बजेको घटना भएकाले अहिले बिहान सबेरैदेखि बेपत्ताको खोजीकार्य गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । यकिन तथ्यांक भने आउन बाँकी रहेको प्रजिअ पौडेलले बताए ।

अहिले घटनास्थलमा लाङटाङ राष्ट्रिय निकुञ्जको भूभागमा पर्ने भएकाले निकुञ्जका मध्यवर्ती अध्यक्ष पेम्बा नुर्पु तामाङ, प्रजिअ, सुरक्षाका प्रमुखहरु घटनास्थलतर्फ गइसकेको बताइएको छ ।

पहिरोले तीन घर र पाँच ट्रक तथा टिपरमा पूर्ण रूपले क्षति पुगेको बताइउको छ। पहिरोमा तीन वटा कन्टेनर पनि पुरिएका छन्।

घटनास्थल सदरमुकाम धुन्चेबाट २५ किलोमिटर टाढा पर्छ। सदरमुकामबाट टिमुरे जाने बाटोको ठाउँ ठाउँमा पहिरो खसेकाले उद्धारमा समस्या भइरहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्