यो शताब्दिकै लामो पूर्णचन्द्र अर्थात खग्रास ग्रहण लाग्दैछ । यो ग्रहण ३ घन्टा ५५ मिनेट रहने छ ।
आज मध्यरात १२ बजेर ९ मिनेटमा सुरु हुने यो ग्रहण १ बजेर १५ मिनेटमा चन्द्रमा पुरै ढाकिनेछ भने ४ बजेर ४ मिनेटमा ग्रहण सकिनेछ । यसपटकको चन्द्र ग्रहणमा हल्का रातो रंगको देखिनेछ, यसलाई ब्लड मुन भन्ने गरिन्छ । मौसम सफा रहे राति ११ बजेर ३० मिनेटदेखि बिहान ४ बजेर ३० मिनेटसम्म ग्रहण हेर्न सकिनेछ ।
नासाले सम्पूर्ण एसिया, युरोप, अफ्रिका र अस्ट्रेलियाबाट पनि यो खग्रास देख्न सकिने बताएको छ । सन् १९५३ को २६ जुलाइमा २० औं शताब्दिको सबभन्दा लामो चन्द्रग्रहण ५ घन्टा २७ मिनेट भएको थियो । यो ग्रहण १ सय १ मिनेट खग्रास थियो