त्रिशूली नदीमा खस्दा पाँचजनाको मृत्यु (अपडेट)

<span class='c1'>त्रिशूली नदीमा खस्दा</span> <span class='c2'>पाँचजनाको मृत्यु (अपडेट)</span>

चितवन, साउन ११ । काठमाडौंबाट पोखरा जाँदै गरेको एक यात्रीबहाक बस शुक्रबार त्रिशूली नदीमा खस्दा पाँचजनाको मृत्यु भएको छ ।

ना६ख २५०६ नम्बरको बस चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारस्थित सडकबाट त्रिशूली नदीमा खसेको हो ।

विपरीत दिशाबाट आएको ना५ख ७४०९ नम्बरको ट्रकले ठक्कर दिँदा बस सडकबाट करिब १०० मिटर तल खसेको हो ।

बसमा करिब ३० यात्री सवार रहेको बताइएको छ ।

घाइते २२ जनालाई उद्धार गरी उपचारका लागि भरतपुर लगिएको चितवनका प्रहरी प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए ।

उद्धार गरिएकामध्ये सातजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्