बजेट कार्यान्वयनमा लाग्न मन्त्री र सचिवलाई मुख्मन्त्री राईको यस्ताे निर्देशन

<span class='c1'>बजेट कार्यान्वयनमा लाग्न मन्त्री र</span> <span class='c2'>सचिवलाई मुख्मन्त्री राईको यस्ताे निर्देशन</span>

विराटनगर, १२ साउन ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले ल्याएको बजेट सफल ढंगले कार्यान्वयन गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री राईले प्रदेश १ का सबै विभागिय मन्त्री तथा सचिवहरुलाई भर्खरै प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयनमा सफल ढंगले लाग्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री कार्यालयले आयोजना गरेको आर्थिक बर्ष २०७५-७६ को बार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन कार्ययोजनाको छलफलमा मन्त्री तथा सचिवहरुलाई एकै ठाउँ राखेर मुख्यमन्त्री राईले निर्देशन दिएका हुन् ।
हामीले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा सबैको सकारात्मक धारणा छ, अब कार्यान्वयन पक्ष कस्तो हुन्छ ? भनेर सबैको ध्यान केन्द्रित भएको छ, मुख्यमन्त्री राईले भने यस बजेटको प्रभावकारी कार्यान्वयनमा तपाईहरु आजैबाट लाग्नुहोस् । यदि यो बजेट सफल ढंगले कार्यान्वनय गर्न सकेनौ भने जनताका सपना पुरा हुँदैनन्, समृद्धिको यात्रा पुरा हुँदैन् मुख्यमन्त्री राईले निर्देशन दिदै भने बजेट कार्यान्वयन गर्न अलिकति पनि ढिला नगुर्नुहोस् ।
बजेट कार्यान्वयनमा केही चुनौती र समस्याहरु छन्, तर चुनौती र समस्या छन् भनेर चुप लागेर बस्नु हुँदैन, राईले भने व्यवस्थित ढंगले समस्या हल गर्दे अगाडि बढ्नुपर्छ । समयमै प्रदेश सरकार समक्ष हस्तान्तरण हुनु पर्ने संरचनाहरु संघीय सरकारले अहिलेसम्म हस्तान्तरण गरेको छैन्, यसको बारेमा हामीले संघीय सरकारसँग बारम्बार संवाद गरिरहेका छौं, मुख्यमन्त्री राईले भने ती संरचनाहरु हस्तान्तरण हुनैपर्छ र हुन्छ ।
हामी संघीयतको पहिलो अभ्यासमा छा,ैं मुख्यमन्त्री राईले भने हामीले यस प्रदेशसलाई सफल बनाउनु छ, तपाईहरुको बजेट कार्यान्वयनमा दृढ इच्छा शक्ति र संकल्पको खाँचो छ । कार्यक्रमा सबै मन्त्रालयका सचिवहरुले बजेट कार्यान्वयनको मार्गचित्र प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्