नाबालक छोराको हत्या गरी आफै आत्महत्या

<span class='c1'>नाबालक छोराको हत्या</span> <span class='c2'>गरी आफै आत्महत्या</span>

टीकापुर साउन १५  – कैलालीको बर्दगोरीया गाउँपालिका–२, कुम्भीयामा एक महिलाले नाबालक छोराको हत्या पछि आत्महत्या गरेकी छन्। प्रहरीका अनुसार २१ वर्षीया सीतादेवी डगौरा थारुले साढे चार वर्षका छोरा संकेतको हत्या गरेर आत्महत्या गरेकी हुन्।

उनले सोमबार अपरान्ह्र तीन बजेतिर घरको कोठा भित्र छोरालाई पासो लगाएर झुण्डाएपछि आफू समेत झुण्डिएर आत्महत्या गरेको बताइएको छ। श्रीमान लालबहादुर डगौरा थारुले ढोका लगाएर झुण्डिएको अवस्थामा फेला पारेको बताए।

‘ठूलो पानी परिरहेको थियो। म गोठमा राँगालाई घाँस खुवाउदै थिए,’ उनले भने, ‘एकछिन पछि कोठा भित्र जान खोज्दा भित्रबाट बन्द गरेको थियो।’

उनले निकैबेर बोलाउदा समेत ढोका नखुलेपछि फोडेर हेर्दा यस्तो घटना भएको पाइएको बताए। उनीहरुको २०७० सालमा बिहे भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्