विराटनगरकाे एभरेष्टमा कक्षा ११ का विद्यार्थीको भव्य स्वागत

<span class='c1'>विराटनगरकाे एभरेष्टमा कक्षा ११</span> <span class='c2'>का विद्यार्थीको भव्य स्वागत</span>

विराटनगर, १९ साउन । विराटनगर ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुल प्लस टु साईन्स एण्ड मेनेज्मेन्टमा अध्ययनका लागि भर्ना भएका कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत गरिएको छ । कक्षा १२ का विद्यार्थीले नव आगन्तुक विद्यार्थीको स्वागत हुन् । विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतीका साथ नयाँ विद्यार्थीको स्वागत गरिएको हो । आयोजक १२ कक्षाका विद्यार्थीहरुले बाद्यवादन बजाउनेदेखि गायन, नृत्य, कविता तथा सायरीहरु प्रस्तुत गरेर भरपुर मनोरञ्जन दिलाएका थिए । विद्यार्थीहरुको जोडदार प्रस्तुुती देखेर नवआगन्तुक विद्यार्थीहरु हौसिएका थिए भने अतिथिहरु प्रतिभाको प्रशंसा गर्दै रमाएका थिए ।
स्वागत कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय परिक्षा बोर्ड प्रदेश १ का प्रमुख दिर्घध्वज चापागाईले एभरेष्टको बाहिर हुने प्रशंसालाई परिक्षाको नतिजा र विद्यार्थीको चौतर्फी क्षमताले पुष्टि गरेको बताए । विद्यार्थीको कलाको प्रशंसा गरेका चापागाईंले हरेक शिक्षण संस्थाले परिक्षामा विद्यार्थीले दायाँबायाँ हेर्नुपर्ने अवस्था नआउने गरि अध्ययन गराउनुपर्नेमा जोड दिए । परिक्षा एकनासको नहुने गरेको दृष्टान्त दिँदै प्रमुख चापागाईले अभिभावकले लगानी गरेर राम्रो विद्यालयमा छोराछोरी भर्ना गर्नुको उद्देश्य चिट चोरेर पास गर्ने नहुने भन्दै विद्यार्थीले त्यसमा गम्भिर हुनुपर्नेमा जोड दिए ।
विद्यालयका प्रिन्सीपल टिकाराम पुरीले विद्यालयको लक्ष्य नै अनुसन्धान, नयाँ आविस्कारको विकास गर्दै सर्वोत्कृष्ट हुने रहेको बताए । उनले विद्यार्थीहरुले किताबी ज्ञान मात्र नभएर नविनतम् अनुसन्धान र खोजलाई समेत सँगै अघि बढाउनुपर्नेमा जोड दिए । समयसापेक्ष रुपान्तरण हुन आवश्यक रहेको भन्दै अहिलेको समय विज्ञान र प्रविधि सँगै व्यवस्थापनलाई समेत जोडर लैजान आवश्यक रहेको बताए । उच्च र गुणस्तरीय शिक्षाकै लागि भनेर दैनिक सयौं विद्यार्थी विदेश जानुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने भन्दै त्यसकालागि एभरेष्टले एउटा इटा थप्ने प्रयत्न गरिरहेको बताए । प्रिन्सीपल पुरीले ‘ड्रिम प्रोजेक्ट’का रुपमा रहेको एभरेष्ट फाउण्डेसनको काम चाँडै शुरु हुने र ४ महिनाभित्रै ४२ वटा कोठा निर्माण गरि पढाई शुरु गरिने बताए । स्पोर्ट्स भिलेज, स्वीमिङपुललगायतका संरचना सहितको फाउण्डेसनका प्रत्येक कक्षाकोठा वातानुकुलित हुने भएकाले विद्यार्थीले रमाई रमाई सिकाई गर्न सक्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद ढकालले नवआगन्तुक विद्यार्थीलाई देशकै सक्षम नागरिक बन्ने लक्ष्यका साथ अघि बढ्न सुझाव दिँदै त्यसकालागि विद्यालयले आवश्यक वातावरण बनाउने बताए । अहिले मुलुक समृद्धिको दिशातर्फ अघि बढीरहेको चर्चा गर्दै उनले भने,‘यसकालागि दक्ष र सक्षम नागरिकको खाँचो छ, हामी चाहन्छौं त्यो सक्षम र दक्ष उत्पादन तपाईहरु हुनुहोस् ।’ दृढ इच्छाशक्ति भए जस्तोसुकै लक्ष्य हासिल गर्न सक्ने तर्क गरेका अध्यक्ष ढकालले शिक्षकहरुले पनि विद्यार्थीको भावना अनुशार पथ प्रदर्शन गर्नुपर्नेमा जोड दिए ।
प्लस टु सञ्चालनकै पहिलो वर्ष कक्षा ११ को व्यस्थापन संकायमा नेपाल प्रथम सहित उत्कृष्ट नतिजा हासिल गरेको एभरेष्टले भर्खरै प्रकाशित कक्षा १२ को नतिजामा १८ जना ए प्लस,७२ जना ए र २२ जना बी प्लस सहित शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्