विराटनगर भन्सारबाट लागुऔषध सहित भारतीय पक्राउ

<span class='c1'>विराटनगर भन्सारबाट लागुऔषध</span> <span class='c2'>सहित भारतीय पक्राउ</span>

विराटनगर,२० साउन । लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले आइतबार दिउँसो विराटनगर १५ स्थित भन्सार कार्यालयको ढाट नजिकैबाट लागूऔषध सहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतकाे अररिया जिल्ला फारबिसगञ्ज नगरपञ्चायत ६ बस्ने वर्ष १८ को प्रलाद दासलाई ब्यूरोको टोलीले लागूऔषध डाइलेक्स डिसी ३० बोतल, स्पास्मोप्रोक्सिवन क्याप्सुल ४८ पिस र नाइट्रोसन १० पिस सहित पक्राउ गरेको हो । दासले भारत जोगबनी बजारबाट लागूऔषध बोकेर आउँदै थिए । प्रहरीले उनको झोलाबाट सो लागूऔषध बरामद गरेको हो । पक्राउ परेका दासलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्