एनआईसी एसियाको क्यूआर कोड भुक्तानी सेवा सुरु

<span class='c1'>एनआईसी एसियाको क्यूआर कोड</span> <span class='c2'>भुक्तानी सेवा सुरु</span>

काठमाडौं । एनआईसी एसिया बैंकले क्यूआर कोड मार्फत् भुक्तानी हुने प्रणाली सञ्चालनमा ल्याएको छ । यो सेवा बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले प्रयोग गरि उपभोग गर्न सक्नेछन् । क्यूआर कोडमार्फत् भुक्तानी गर्ने तरिका यसप्रकार रहेको छ । मर्चेन्टले मोबाइल बैंकिङ मर्चेन्ट एपबाट रिक्वेस्ट पेमेन्ट विकल्प प्रयोग गरि क्यूआर कोड जेनेरेट गर्ने र ग्राहकले आफ्नो मोबाइल बैंकिङ प्रयोग गरि सोहि क्यूआर कोड मा मोपे विकल्प प्रयोग गरि स्क्यान गरेर भुक्तानी गर्न सक्नेछन् ।

मर्चेन्टले भुक्तानी काउन्टरमा क्यूआर कोड भएको स्टिकर पनि राख्न सक्नेछन्् जसलाई ग्राहकले मोपे विकल्प प्रयोग गरि स्क्यान गरेर भुक्तानी गर्न सक्नेछन् । एनआईसी एसिया बैंक यो सेवा नेपालमा सुरु गर्ने पहिलो बैंक रहेको बैंकको दावी छ ।
यो सेवा प्रयोग गर्नको लागि ग्राहक सँग स्मार्ट फोनमा बैंकको मोबाइल बैंकिङ (मोबैंक) सेवा डाउनलोड गर्नुपर्ने छ । 

बैंकले हाल मुलुकभर २३४ शाखा कार्यालय, २२४ एटीएम, १४ वटा एक्सटेन्सन काउन्टर एवम् १६ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार १ खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढि रहेको छ । बैंकले हासम्म १ खर्ब ४९ अर्ब रुपैयाँको निषेप संकलन गरी १ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्वाह गरेको छ । यस बैंकको ग्राहक संख्या करिब ११ लाख ७५ हजार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्