दाङमा बाढीले बस बगाउदा १२ जना घाइते

<span class='c1'>दाङमा बाढीले बस बगाउदा</span> <span class='c2'>१२ जना घाइते</span>

दाङ । दाङको घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत ग्वारखोलामा आएको बाढीले आइतबार यात्रुवाहक बस बगाएको छ । धनगडीबाट दाङ आएको ना २ ख ८१३६ नम्वरको बस घोराहीवाट तुलसीपुर जाने क्रममा ग्वार खोलाले बगाएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

घोराहीवाट तुलसीपुर आउने क्रममा बसलाई खोलाले बगाउदा १२ जना घाइते भएका छन । घाइतेहरु मध्य गम्भीर ४ जनालाई कोहलपुर र बाँकी ८ जनाको राप्ती अञ्चलन अस्पताल तुलसीपुरमा उपचार भइरहेको समेत प्रहरी उपरिक्षक सापकोटाले जानकारी दिए ।
दिनभरीको वर्षाले घोराही तुलसीपुरका विभिन्न खोलाहरुमा आएको बाढीका कारण दिनभर घोराही–तुलसीपुर सडक खण्डमा यातायातका साधनहरु चल्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्