पोखराबाट जोमसोमका लागि छुटेको बस दुर्घटना, १९ घाइते, ६ को अवस्था गम्भिर

<span class='c1'>पोखराबाट जोमसोमका लागि छुटेको बस दुर्घटना,</span> <span class='c2'>१९ घाइते, ६ को अवस्था गम्भिर</span>

पोखरा । पोखराबाट सोमबार विहान ७ बजे जोमसोमका लागि छुटेको ग१ख ५५९८ नम्बरको यात्रु बस पर्वतको बेतेनीमा दुर्घटना भएको छ । दुर्घटनामा १९ यात्रु घाइते भएका छन् । घाइते मध्ये ६ को अवस्था गम्भिर छ । बस बिहान ९.३० बजे दुर्घटना भएको हो ।

पोखरा बागलुङ राजमार्गको स्तरोन्नति गर्दा सडकमा बनेको खाल्डोमा परेर बस सडकबाट करिव १० फिट तल खसेको थियो । हाल दुर्घटनाका गम्भिर घाईतेहरुलाई उपचारको लागि पोखरा लगिएको छ भने घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट उद्धारको लागि प्रहरी परिचालन गरीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्