विराटनगरको न्यूरो अस्पतालमा ६३ जनाले रक्तदान गरे

<span class='c1'>विराटनगरको न्यूरो अस्पतालमा ६३</span> <span class='c2'>जनाले रक्तदान गरे</span>

विराटनगर २२ साउन । न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटि हस्पिटलको आयोजना तथा रोटरी क्लब अफ विराटनगर मिडटाउनसँगको सहकार्यमा रत्तदान गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी, मोरगं शाखाको प्राविधिक सहयोगमा न्यूरो अस्पतालको प्रांगणमा मंगबार आयोजित रतmदान कार्यक्रममा ६३ पिन्ट ब्लड संकलन गरिएको छ ।
रत्तदान कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स, अन्य कर्मचारीहरु लगायत रोटरी क्लब अफ विराटनगर मिडटाउनका पदाधिकारी द्वारा स्वतस्फूर्त रुपमा रतmदान गरिएको थियो ।
अस्पतालका बरिष्ठ न्यूरो सर्जन डा. यम बहादुर रोकाद्वारा रतmदान गरि शुरु गरिएको उतm रतmदान कार्यक्रममा अस्पतालका बरिष्ठ प्याथोलोजिष्ट डा. सागर राज पाण्डले रतmदानको महत्वको विषयमा प्रकाश पार्नु भएको थियो ।
सो अवसरमा रोटरी क्लब अफ विराटनगर मिडटाउनका अध्यक्ष श्री दिप बहादुर खापुगंले न्यूरो अस्पताल र रोटरी क्लबको सहकार्यमा विभिन्न स्वास्थ्य शिविरहरु तथा रक्तदान कार्यक्रमहरु हुदै आइरहेको बताउनु भयो । उक्त  अवसरमा रोटरियन घनश्याम राठी, रोटरियन शिव प्रधान, रोटरियन सुजन थापा, रोटरियन पुण्य भट्टराई तथा न्यूरो अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराई लगायतको उपस्थिती रहेको थियो ।
न्यूरो अस्पतालले उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्नुको साथै स्वास्थ्य सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रमहरु, स्वास्थ्य शिविरहरु तथा रक्तदान कार्यक्रमहरु गर्दे आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्