महेन्द्र मोरङ क्याम्पसमा ६ वटा नयाँ शैक्षिक कार्यक्रम आयाे

<span class='c1'>महेन्द्र मोरङ क्याम्पसमा ६ वटा</span> <span class='c2'>नयाँ शैक्षिक  कार्यक्रम आयाे</span>

विराटनगर, २२ साउन । पूर्वाञ्चलको शैक्षिक धरोहरका रूपमा चिनिदै आएको विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा थप ६ वटा नयाँ विषय ल्याएको छ । क्याम्पसले थप नयाँ विषयहरु ल्याएसँगै विद्यार्थीहरुलाई राहत हुने भएकाे छ । क्याम्पसका पुराना कार्यक्रमहरुसंगै नयाँ छ वटा विषयका कार्यक्रमहरु ल्याएको क्याम्पस प्रमुख बाबुराम तिमल्सीनाले जानकारी दिए ।file photo
क्याम्पसमा मानविकीतर्फ बी.एस.डब्लु र बी.सी.ए, विज्ञानतर्फ मेट्रोलोजी, बी.एस.सी. र सी.एस.आइ.टी र व्यवस्थापनतर्फ बी.आइ.एम.का कार्यक्रम आएका छन् भने बी.बी.ए.मा थप एक सेक्सन बी.पी.ए र बी.एड.मा धमाधम भर्ना भइरहेको क्याम्पस प्रमुख तिमिल्सेनाले बताए । ‘अहिले ल्याएका नयाँ विषय अन्य निजी कलेजमा महङ्गो पर्ने भएका कारण सरकारी कलेजमा विद्यार्थीलाई सहज हुनेदेखिएको छ, तिमिल्सीनाको भने । ’ क्याम्पस भित्र भएका शैक्षिक गुणस्तरलाई अागामी दिनमा  शिक्षालाई अझ प्रभावकारी ढङ्गबाट अगाडी बढाउने योजना रहेकाे उनले जानकारी दिए  ।
महेन्द्र मोरङ क्याम्पसमा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला, बीपी कोइराला, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीलगायतका नेताको संरक्षकत्व प्राप्त गरेको यस संस्थाले सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीलाईसमेत शिक्षा प्रदान गरेको गौरवपूर्ण इतिहास बोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्