विराटनगर, २२ साउन । इलाका प्रहरी कार्यालय रानीले विराटनगर १४ र १५ एरियाबाट ८६ हजार ३ सय रुपैया बराबरको अवैध सामान बरामद गरेको छ ।प्रहरीले तस्करीमा संलग्न १ जनालाई नियन्त्रणमा लिएकाे छ । भन्सार छलेको खाद्यान्न, लत्ताकपडा, हरियो साग सब्जी र पेट्रोलिम पदार्थ सहित मोरङ जहदा गाउँपालिकाका १८ बर्षिय पानालाल राजवंशीलाई नियन्त्रणमा लिएकाे ईलाका प्रहरी कार्यालय रानीले जनाएकाे छ । भारत जोगबनीबाट भन्सार छली नेपालतर्फ ल्याएको खाद्यान्न, लत्ताकपडा, हरियो सागसब्जी र भारततर्फ लैजादै गरेको ७० लिटर डिजल सहित २ वटा साइकल र ठेला प्रहरीले मंलगबार बिहान बरामद गरिएको हाे ।