काठमाडौं साउन २४ । विप्लव नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । दक्षिणकाली नगरपालिका १ चाल्नाखेलबाट उनलाई पक्राउ गरिएको हो ।
प्रहरी प्रवक्ता शैलेश थापाका अनुसार उनलाई पक्राउ गरेर महानगरीय प्रहरी परिसरमा राखिएको छ ।