निशान खड्काको घाँटीमा कपडा कोचिदिएर हत्या भएको खुलासा

<span class='c1'>निशान खड्काको घाँटीमा कपडा</span> <span class='c2'>कोचिदिएर हत्या भएको खुलासा</span>

काठमाडौं । आइतबार अपहरणपछि हत्या गरिएका ११ वर्षीय बालक निशान खड्काको घाँटीमा कपडा कोचिदिएर हत्या गरेको खुलेको छ ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको पोष्टमार्टमका क्रममा यस्तो देखिएको हो । पोष्टमार्टमा संलग्न एक चिकित्सकका अनुसार घाँटीमा कोचिएको कपडा रुद्रघन्टीसम्म नै पुगेको थियो ।

उनको हत्या आइतबार नै गरिएको बताइएको छ । अपहरणको केहिबेरमै निशानको हत्या भएको हुन सक्ने देखिएको छ । मलेसियामा रहेका बुबा आज स्वदेश फर्किएपछि निशानको दाहसंस्कार गर्ने तयारी परिवारले गरेका छन् ।

सिन्धुपाल्चोक घर भई काठमाडौंको काँडाघारीमा बस्दै आएका खड्का स्थानीय हाइल्यान्ड स्कुलमा कक्षा ६ मा अध्ययनरत थिए ।

उनको अपहरण र हत्यामा संलग्न भएका अजय तामाङ र गोपाल तामाङको पनि सोमबार प्रहरी इन्काउन्टरमा मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्