पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले भारत र चीनको भ्रमण गर्ने

<span class='c1'>पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले भारत</span> <span class='c2'>र चीनको भ्रमण गर्ने</span>

काठमाडौंँ, साउन २६ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई छिमेकी मुलुक गणतन्त्र भारत र जनवादी गणतन्त्र चीनको उच्चस्तरीय राजनीतिक भ्रमण गर्नुहुने भएको छ ।
अध्यक्ष प्रचण्डले आगामी भदौ २२ देखि २७ गतेसम्म भारतको साताव्यापी भ्रमण गर्नु हुनेछ । भारत भ्रमण लगत्तै असोज १ गतेबाट चीनको पनि साताव्यापी भ्रमण गर्नु हुने जानकारी उहाँका पे्रस संयोजक विष्णु सापकोटाले दिनुभयो ।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माआवोवादी केन्द्र) बीच पार्टी एकीकरण भएपछि अध्यक्ष प्रचण्डले भारत र चीनको भ्रमण गर्न लाग्नु भएको यो पहिलो पटक हो । अध्यक्षको भ्रमण उच्चस्तरीय हुने र भ्रमणमा शीर्ष नेतृत्वसँग भेटवार्ता हुनेछ । प्रेस संयोजक सापकोटाले भ्रमण उच्चस्तरीय हो र सरकारी तथा राजनीतिक तहको शीर्ष नेतृत्वसँग भेटवार्ता हुनेछ भन्नुभयो ।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट भारत र चीनको औपचारिक राजकीय भ्रमण सम्पन्न भइसकेको छ । पछिल्लो समय नेपालले दुवै छिमेकी मुलुकसँग उच्चस्तरीय भ्रमणका माध्यमबाट द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र प्रगाढ बनाउँदै लागेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्