आज राति अाकाशमा उल्का वर्षा हुँदै ,प्रतिघण्टा ६० देखि एक सयसम्म उल्का खस्ने अनुमान

<span class='c1'>आज राति अाकाशमा उल्का वर्षा हुँदै ,प्रतिघण्टा</span> <span class='c2'>६० देखि एक सयसम्म उल्का खस्ने अनुमान</span>

आज राति अाकाशमा उल्का वर्षा हुँदै छ । रातिदेखि भोलि बिहानसम्ममा उल्कापात हुने र प्रतिघण्टा ६० देखि एक सयसम्म उल्का खस्ने अनुमान गरिएको छ ।

केही समयअघिदेखि नै उल्का खस्ने क्रम जारी रहे तापनि आज र भोलि बिहानसम्म उल्का वर्षा यो वर्षकै उच्च विन्दुमा पुग्ने अनुमान गरिएको छ ।

यस वर्ष हुने उल्कावर्षालार्इ ‘यायती उल्कापात’ नाम दिइएको छ । आकाश खुला रहे यो उल्कापात काठमाडौंसहितका ठाउँबाट हेर्न सकिनेछ ।

एक घण्टामा ५० वटाभन्दा बढी उल्का खसेमा त्यसलाई उल्कापात वा उल्का वर्षा भनिन्छ । पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्ने क्रममा खस्ने देखिने वस्तु नै उल्का हाे । यो अन्तरिक्षमा रहेको स्थानमा साउन महिनाको अन्त्य र भदौको शुरुमा पृथ्वीमा पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्