बुटवलका इन्जिनियर २० हजार घुससहित पक्राउ परे

<span class='c1'>बुटवलका इन्जिनियर २० हजार</span> <span class='c2'>घुससहित पक्राउ परे</span>

बुटवल । यातायात व्यवस्था कार्यालय, बुटवलका इन्जिनियर २० हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले इन्जिनियर सरोजकुमार शाह पक्राउ परेका हुन् । पक्राउ परेका शाह बुटवलको सवारी जाँचपास तथा प्राबिधिक शाखाका मेकानिकल इन्जिनियर समेत हुन् ।

शाहले नयाँ गाडी दर्ताका लागि सेवाग्राहीसँग घुस मागेका थिए । सेवाग्राहीले आयोगलाई खबर गरेर घुस दिदै गर्दाे शाहलाई रंगेहात पक्राउ गरेर अख्तियारको केन्द्रीय कार्यालयमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्