काठमाडौं र भक्तपुरमा कुकर बम फेला, नेपाली सेनाद्वारा निस्क्रिय

<span class='c1'>काठमाडौं र भक्तपुरमा कुकर बम</span> <span class='c2'>फेला, नेपाली सेनाद्वारा निस्क्रिय</span>

काठमाडौं साउन २९ । काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा आज कुकर बम फेला परेको छ ।

काठमाडौंको जोरपाटी नजिकै नयाँपाटीमा कुकर बम राखेको पाइएपछि नेपाली सेनाको डिस्पोज टोली बोलाइएको थियो भने भक्तपुरको सूर्यविनायक र लोकन्थलीमा आज बिहानै प्रेसर कुकर बम फेला परेको राससले जनाएको छ । नेपाली सेनाको बम डिस्पोज टोलीले दुवै ठाउँमा भेटिएको बम निस्कृय पारेको छ ।भक्तपुरमा भेटिएका दुवै बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

काठमाडौंको जोरपाटी नजिकै नयाँपाटीमा फेला परेको बम पनि नेपाली सेनाले निस्क्रिय बनाएको छ । गोकर्णेश्वर–२ नयाँपाटी मुल सडकमै कुकर बम राखिएको थियो । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । कुकर बममा तार फिट गरेर घडीसमेत राखिएको पाइएको छ । बम फेला परेपछि स्थानीय त्रसित भएका थिए ।

विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकान्ड पक्राउको विरोधमा सो समूहले आज बन्द आह्वान गरेको छ । काठमाडौं उपत्यकामा भने बन्दको कुनै असर परेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्