शारीरिक सम्पर्कबाट शिशु जन्मेमा विवाहको मान्यता !!

<span class='c1'>शारीरिक सम्पर्कबाट शिशु जन्मेमा</span> <span class='c2'>विवाहको मान्यता !!</span>

काठमाडौं ।  भदौ १ बाट लागु हुन लागेको मुलुकी देवानी (संहिता) ऐन– २०७४ले शारीरिक सम्पर्कबाट शिशु जन्मेमा विवाहको मान्यता दिएको छ ।  देवानी (संहिता) ऐन– २०७४ले कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिला बीच स्वतः विवाह भएको मानिनेछ ठहर गरेको हो ।

तर, जवरजस्ती करणीको कारणले महिलाले गर्भधारण गरी शिशु जन्मिएमा, नाता सम्बन्धमा विवाह गर्न हुनेलेबाहेक हाडनाता करणीमा सजाय हुने नाताका पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएमा भने विवाह मानिने छैन ।

त्यस्तै संहिताले कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मानिनेछ उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्