निर्मला हत्याकाण्ड : कञ्चनपुरका सीडीओ, एसपी र डीएसपीको सरुवा

<span class='c1'>निर्मला हत्याकाण्ड : कञ्चनपुरका सीडीओ,</span> <span class='c2'>एसपी र डीएसपीको सरुवा</span>

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि भएको हत्याको छानबिन गर्न कारागार व्यवस्था विभागका महानिर्देशक सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । टोलीमा तीनओटै सुरक्षा निकायका डीआईजी र आन्तरिक तथा कानुन मन्त्रालय प्रदेश नम्बर ७ का एक–एक जना प्रतिनिधि रहनेछन् । टोलीलाई १५ दिनभित्र घटनाको प्रतिवेदन बुझाउन गृह मन्त्रालयले निर्देशन दिएको छ ।

यस्तै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्का, एसपी डिल्लीराज विष्ट र डीएसपी ज्ञानबहादुर सेठीलाई पनि फिर्ता बोलाइएको छ । उनीहरुको स्थानमा अरुलाई जिम्मेवारी दिइएको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्