सिरहाको घटना : छोराले जिस्कायो केटि , कुटिइन् आमा

<span class='c1'>सिरहाको घटना : छोराले जिस्कायो</span> <span class='c2'>केटि , कुटिइन् आमा</span>

सिरहा भदौ १० । सिरहाको धनगढीमाई नगरपालिका–३ कुर्वा हनुमाननगरमा ‘गाउँलेले गरेको निर्णय नमानेको’ भन्दै ४८ वर्षीया लक्ष्मीकुमारी महतोलाई निर्घात कुटिएको छ । कान्छो छोराले युवतीमाथि ‘नराम्रो नजर लगाएको’ जरिवाना झन्डै ३० लाख तिर्न अस्वीकार गर्दा उनी कुटिएकी हुन् ।

पीडित लक्ष्मीका कान्छा छोरा १९ वर्षीय सुशीलकुमारले स्थानीय युवतीमाथि ‘नराम्रो नजर’ लगाएको भन्दै सजाय तोक्न गाउँलेले ४ भदौमा भेला डाकेका थिए । वडाध्यक्ष देवकुमार साहसहितको उपस्थितिमा भएको छलफलले सात लाख ५० हजार रुपैयाँ जरिवाना र २२ लाख रुपैयाँको कपाली तमसुक बनाउने निर्णय गरेको थियो ।

तर, उनले तिर्न नसक्ने बताएपछि स्थानीय परमेश्वर यादव, जलेश्वर यादव, लालु यादव, कमल यादवलगायतले निर्घात कुटपिट गरेको जेठा छोरा संजीवले बताए ।नयाँ पत्रिकामा समाचार छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्