जनकपुरधाम १५ भदौ। प्रदेश २ सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ ।
प्रदेश सरकाको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले श्रीकृष्ण जन्माष्टमीका दिन आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
अघिल्ला वर्षहरुमा देशैभर दिइने विभिन्न पर्व तथा अवसरहरुको बिदा कटौतीमा परेपछि प्रदेश सरकार आफैंले निर्णय गरेर बिदा दिन थालेका छन् । प्रदेश सरकारले यसअघि जनैपूर्णिमाको दिन पनि सार्वजनिक बिदा दिएको थियो ।