चाडपर्व नजिकिदै गर्दा उद्योगीले बढाए चिनीको भाउ

<span class='c1'>चाडपर्व नजिकिदै गर्दा उद्योगीले</span> <span class='c2'>बढाए चिनीको भाउ</span>

काठमाडौं, असोज १० । उद्योगीले चिनीको भाउ बढाएका छन् । चिनीको उद्योग मूल्य प्रतिकिलोग्राम ६४ रुपैयाँ पुर्‍याएका हुन् ।यसअघि, प्रतिकिलो ६१ रुपैयाँ थियो ।

लागत मूल्यभन्दा धेरै कम भएकाले चिनीको मूल्य समायोजन गरिएको चिनी उद्योग संघका महासचिव राजेश केडियाले बताए ।

उद्योगीले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर चिनी आयातमा प्रतिबन्ध लगाउन दबाब दिएका थिए ।

सरकारले चिनी आयात रोकेपछि उद्योगीले भाउ बढाएको भन्दै उपभोक्ताहरुले भने तीव्र असन्तुष्टि जनाएका छन् ।

संघले भने लागत मूल्य ७० रुपैयाँ रहेको र दसैं–तिहारसम्म प्रतिकिलो ६५ रुपैयाँभन्दा बढी नबढाउने प्रतिबद्धता सरकारसँग गरेको महासचिव केडियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्