हराएका बालकको कङ्काल फेला

<span class='c1'>हराएका बालकको</span> <span class='c2'>कङ्काल फेला</span>

हुम्ला (रासस) ।  तीन महिनादेखि हराइरहेका चङ्खेली गाउँपालिका– २ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कङ्काल भेटिएको छ ।   गत साउन १ गते स्थानीय धुम्माधारा खर्कबाट दूध र दही लिएर घर फर्कने क्रममा तामेखोलाबाट उनी हराएका बालकका आफन्त तीलक शाहीले जानकारी दिए ।

साउने सङ्क्रान्तिका दिन घर खर्कदेखि गाउँसम्मका सबै बाटो र बस्तीमा उनको खोजीमा परिवार र स्थानीय प्रशासनले लामो समय खर्चेको जानकारी दिँदै उनका बुबा जनक शाहीले रासससँगको कुराकानीमा  भावुक हुँदै भने, “तीन महिनापछि छोराको कङ्काल पो देख्नुपर्यो ।”

उक्त घटनाबारे  आफूलाई कुनै जानकारी नआएको बताउनुभएका  जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख ज्ञहेन्द्र बोगटीले घटनाको अनुसन्धानका लागि तत्काल पिप्लाङ र दार्मा प्रहरी चौकीलाई खबर गरिने बताए । मृतक शाही स्थानीय बालज्योति आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययनरत रहेको विद्यालय स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्