आफ्नै काकाले गरे १० वर्षका भतिजको हत्या

<span class='c1'>आफ्नै काकाले गरे १०</span> <span class='c2'>वर्षका भतिजको हत्या</span>

दोलखा असोज १२ । १५ दिनदेखि बेपत्ता भई बुधबार शव फेला परेका शैलुङ गाउँपालिका ८ स्थित शैलुंगेश्वरमा १० वर्षका कुशल विश्वकर्माको हत्या उनकै काकाले गरेको खुलेको छ । तिजको दिन शैलुंगेश्वरनजिकै भैँसे डाँडामा जात्रा हेर्न गएका वेला कुशललाई २५ वर्षीया काका उमेश विश्वकर्माले हत्या गरेको खुलेको हो ।

बुधबार शव भेटिएपछि आशंकाको आधारमा नियन्त्रणमा लिएका उमेशले भतिजको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । बुधबार भैँसेभन्दा करिब १ किलोमिटरमाथि जंगलको खोल्सामा आधा पुरेर स्याउलाले छोपेका अवस्थामा शव भेटिएको थियो । बाबुआमासँगको रिसइबीका कारण उनले भतिजको हत्या गरेको पाइएको प्रहरीले बताएको छ । स्रोतले दिएको जानकारीअनुसार उमेशले हत्या गरेको स्वीकार गरी प्रहरीसमक्ष यस्तो बयान दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्